फागुन २९ देखि सुरु हुदै प्रथम ऐतिहासीक प्रादेशीक ललितकला प्रर्दशनी

सप्तकोशी न्युज 

इटहरी । कोशी प्रदेशमा हुन गइरहेको प्रथम ऐतिहासीक प्रादेशीक ललितकला प्रर्दशनी फागुन २९ गते देखी चैत्र ३ गते सम्म इटहरी स्थीत मेट्रिक्समा हुने भएको छ ।प्रर्दशनीमा चित्रकला, मुर्तिकला, लोककला, हस्तकला, वास्तुकला साथै अन्य सृजनात्मक कलाका विद्यासम्वन्धीत कलाकृतिहरुलाई समावेस गरीने इटहरी मेट्रिक्समा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

 कोसी प्रदेशमा हुन गइरहेको ललितकला प्रर्दशनीमा हालसम्म १ सय ४७ जनाले सहभागीता फारम भरीसकेको,जसमा ५८ जनाले चित्रकार, १२१ चित्रकार, ३६जना मुर्तिकार, ४१मुतिकला, २५लोककला, १५वटा वास्तुकला, २ वटा फोटोग्राफी, २१ वटा भिडीयो, २ वटा पर्फमिङ आर्ट, ८५ वटा प्रतिस्थापन कला रहेको कोशी प्रदेस समन्वयन समीतीका संयोजक प्राज्ञ संजय वान्तवा जानकारी गराए ।

लितकला प्रर्दशनीमा समावेस भएका कलाकृतिहरुमध्ये उत्कृष्ट सवै बिद्याहरुमध्ये बाट सर्वोत्कृष्ट एक जनालाई एक लाख पुरस्कार दिइने छ, त्यसै गरी परम्परातग चित्रकला तर्फ उत्कृष्टहुनेलाई ६० हजार,समसामयिक आधुनिक चित्रकला ६० हजार,मुर्तीकला ६० हजार,परम्परातग लोक मुर्तीकला ६० हजार,समसामयिक आधुनिक मुतीकला ६० हजार, हस्तकला शिल्पकला ६० हजार लोककला ६०हजार,सवै विद्यहरुमध्ये उत्कष्ट हुनेलाई ५० हजार र अन्य विद्यामा उत्कृष्ट हुने १/१ जनालाई ३०/३० हजार प्रदान गरीने प्रत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

TAGS

टिप्पणी