बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित ७५ दिने गार्मेन्ट स्तरीय सिलाइ–कटिङ सीप विकास तालिम आज सम्पन्न

सप्तकोशी न्युज : कालाबन्जार स्थित न्यु बराह गार्मेन्ट र प्रिटिंङ्को समन्वयमा सञ्चालित उक्त तालिममा ३० जना महिलाहरूले सहभागिता भएको र उक्त तालिममा सहभागी महिला दिदि बहिनि हरु लाई समान तथा प्रमाणपत्र समेत वितरण गरेका थिए ।

साथै उक्त कार्यक्रमको सभा अध्यक्ष वडा नम्बर ५ का अध्यक्ष रोहित काफ्लेको अध्यक्षता कार्यक्रम संचालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि  बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की , विशिष्ट अतिथि उप–मेयर नन्दकुमारी सुनुवार  रहनुभएको थियो।

साथै कार्यक्रममा ५ नम्बर वडाका जनप्रतिनिधिहरु , भरौल प्रहरी चौकीका प्रमुख डम्बरबहादुर गौतम लगायत उपस्थिति रहेको थियो।स्थानीय महिलाहरूको आर्थिक स्वावलम्बन र सीप अभिवृद्धिमा योगदान पुग्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिमप्रति सहभागीहरूले समेत सन्तोषजनक प्रतिक्रिया दिएका छन्।कार्यक्रममा गार्मेन्ट सञ्चालक अशोक चौधरीले तालिमप्रति उत्साहजनक प्रतिक्रिया दिँदै, “उत्कृष्ट प्रदर्शन गर्ने १० जनालाई आफ्नै गार्मेन्टमा रोजगारीको अवसर दिइने” जानकारी गार्मेन्टका सञ्चालक अशोक चौधरीले दिए।


TAGS

टिप्पणी