चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुने छः मन्त्री श्रेष्ठ

सप्तकोशी न्युज डेक्स

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवद्र्धनका लागि हुने बताएको छ ।आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएको छ । उनले चीनको सिचुआन प्रान्तस्थित छिन्दुमा आयोजना हुने ट्रेड इन्भेष्टमेण्ट सम्बन्धी एक्स्पोमा विशेष अतिथिको रुपमा आफू जान लागेको बताए ।

गृहमन्त्री श्रेष्ठले छिन्दु नेपालबाट चीन प्रवेश गर्ने नाका भएकाले पनि आफू सो कार्यक्रममा सहभागी हुनुले आर्थिक समृद्धिको एजेण्डालाई केही राहत मिल्ने र लगानी भित्र्याउन सकिने आश रहेको बताए ।

मन्त्री श्रेष्ठ आगामी मंगलवारबाट शुक्रवारसम्मका लागि चीन भ्रमणमा जाँदै छ ।

TAGS

टिप्पणी