चौधरीको रिहाईः राजनीतिक निकासका लागि मन्त्री लिम्बूले बताए

सप्तकोशी न्युज डेक्स

विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहाई गरिएको बताएका छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै मुलुकलाई निकास दिन चौधरीको रिहाई आवश्यक रहेका बताए । मन्त्री लिम्बूले थरुहट आन्दोलनमा चौधरीको संलग्नता महत्वपूर्ण भएका भन्दै सोही आधारमा सरकारले निर्णय गरेका जानकारी दिए ।

उनका अनुसार पूर्ववर्ती सरकारले चौधरीको रिहाई प्रकृया अघि बढाएको हुँदा वर्तमान सरकारले सोही प्रकृयाको कार्यन्वयन मात्रै गरेका छ । घटनामा ज्यान गुमाएका परिवारका सदस्यलाई चौधरीको रिहाईले दुःख पुगेका उनका भनाई छ ।

TAGS

टिप्पणी