बजेट अधिवेशन कोशी प्रदेशमा आजदेखि सुरु

 सप्तकोशी न्युज संमवाद्दाता

काठमाडौं । कोशी प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजे बस्ने भएका छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशमा बिरोध भएपछी बैठक स्थगीत भएका थिए । नामारणको बिषयमा असन्तुष्ट पहिचानवादी समुहले गरेको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएका थियए । हिउँदे अधिबेशनकाबीच पहिचानवादीहरूले आन्दोलनको घोषणा गरेका छ । आइतबार उनीहरुले वृहत र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छ । गत शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार पनि महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएका छ ।

प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएका छ ।

TAGS

टिप्पणी