माओवादी केन्द्र रामधुनी नगर कमिटीको आयोजनामा नगरस्तरीय फुटबल प्रतियोगिता शुरु

सप्तकोशी न्युज डेक्स 

कोशी प्रदेश सुनसरी । नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीको आयोजनामा रामधुनीमा नगरस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । जनतासँग माओवादी मूलनाराका साथ ३ महिने अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रले आयोजना गरेको फुटबल प्रतियोगिताको समूउद्घाटन पुर्व प्रदेश मन्त्री तथा नेकपा माओवादीका नेता जीवन आचार्यले गरेका छन् ।

खेलाडीका साथका बिभिन्न पार्टीका प्रतिनिधिहरुको सहभागितामा बिहिबार प्रतियोगिताको उद्घाटन गरिएको छ । पार्टीको अभियानमा रामधुनी नगरको नेतृत्व गरेर आएका जीवन आचार्यले यस अघि प्रशिक्षण, खेलमैदान सरसफाइ देखि लिएर बिभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए ।रामधुनी नगरक्षेत्रका बिभिन्न १० टिमको सहभागितामा शुरु भएको प्रतियोगिताको फाइनल खेल कार्तिक २२ गते हुने छ ।

खेल समूउद्घाटनको कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघा सहित, रामधुनी नगरक्षेत्रका नेकपा माओवादीका नेता कार्यकता र उद्योगी व्यावसायी लगायत स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।बिहिबार भएको उद्घाटन खेल रामधुनी ७ स्थित जुली फुटबल क्लव कुमर खत र रामधुनी ३ फुटबल टिम बिच भएको खेलमा जुली फुटबल क्लवले रामधुनी ३ लाई शुन्नेको विरुद्ध २ गोल गर्दै बिजयी भएका छन् ।

शुक्रबारको खेल भासि युथ क्लव रामधुनी १ र जनचेतना युवा क्लव रामधुनी २ बिच हुने नेकपा माओवादी केन्द्र रामधुनी नगरकमीटी अध्यक्ष बलराम चौलागाईले सप्तकोशी न्युज लाई जानकारी दिए ।

टिप्पणी