एमाले केन्द्रीय सचिवालयको बैठक शुक्रबार बस्ने

सप्तकोशी न्युज संवाददाता काठमाडौं । नेकपा एमालेले शुक्रबार केन्द्रीय सचिवालयको बैठक सदस्यहरुका कार्यविभाजन गर्न बोलाएका छ । बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएका एक एमाले नेताले जानकारी दिए । उनले भने – ‘अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बस्नेगरी सचिवालय बैठक बोलाएका छ । शुक्रबार बिहान ११ बजे बैठक बस्छ । ’ बैठक ललितपुरको च्यासदस्थित पार्टी केन्द्रीय कार्यालय कार्यालयमा बस्छ । सचिवालय बैठकमा देशको समसामयिक राजनीति,सरकारले ल्याएको बजेट,पार्टीको आन्तरिक राजनीति लगायका बिषयमा पनि छलफल हुनेछ । नेकपा एमालेले २०८० सालमा पार्टीको संगठन बिस्तार र सुदृढीकरण गर्ने र त्यसका लागि नेताहरुलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाउने योजना अघि सारेका छ । बैठकमा त्यही कार्यविभाजनका बिषयमा र नेताहरुलाई बिभिन्न क्षेत्रमा खटाउने विषयमा छलफल हुन्छ ।

TAGS

टिप्पणी