राष्ट्रपति पौडेलद्वारा नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

सप्तकोशी न्युज संवाद्दाता

काठमाडौं । नागरिकतासम्बन्धी तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले रोक्नु भएका विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छ ।

अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद बाट पारित भएका नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका छ ।

सो विधेयकमा केही प्रश्न उठाउँदै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएका थिए । संसदका दुवै सदनले पारित गरेका नागरिकता विधेयक २०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए । विधेयकमा चित्त नबुझेको भन्दै भण्डारीले संसद्लाई फिर्ता पठाएका थिए । विधेयकका मुख्य विषय ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालका नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालका नागरिकता प्राप्त गर्नेछ’ भन्ने उल्लेख छ । कानुन नहुँदा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा बढी नागरिकताबाट वञ्चित भएका तथ्यांक छ । विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

यस्तै विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने लगायतका प्रावधान विधेयकमा छ ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर गत वर्ष भदौ २० मा राष्ट्रपतिकहाँ पठाएका थिए । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले त्यसलाई रोकेर राखेका थिए । त्यही विधेयक ९ महिनापछि प्रमाणीकरण भएका छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदै छ । त्यस अघि यो बिधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरेका छ ।

TAGS

टिप्पणी