गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा

सप्तकोशी न्युज डेक्स

काठमाडौं । नेपालका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणका लागि जानु भएको छ ।

चीनको पाँच दिने भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठ छेन्दुमा आयोजना हुने चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनेछ ।

त्यहाँ उनले विशेष अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । भ्रमणका अवसरमा चीनमा अध्ययनरत नेपाली र विदेशी विद्यार्थीहरूलाई सम्बोधन समेत गर्ने कार्यक्रम पनि रहेको छ ।

श्रेष्ठ आगामी आइतबार स्वेदश फर्कने छ ।

TAGS

टिप्पणी