स्व. मानबहादुर मगर स्मृति फुटबलकप प्रतियोगितामा बेल्टार युनाइटेड युथ क्लवलाई हराउँदै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा

चौदण्डीगढी गतिविधि

उदयपुर । चौदण्डीगढी नगरपालिका वडा नं.-३ बसाहा बदेलपानीमा जारी प्रथम स्व. मानबहादुर मगर स्मृति फुटबल कप प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा बेल्टार युनाइटेड युथ क्लवलाई ३-० को गोल अन्तरले पछि पार्दै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफको २९ औं मिनेटमा अजम्बरी युथ क्लवबाट जर्सी नं.-१४ का खेलाडी दिपेश राईले पहिलो गोल गर्दै टिमलाई १-० को सुरुआती अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ७ औं  मिनेटमा अजम्बरी युथ क्लवकै जर्सी नं.७ का खेल क्याप्टेन सागर तामाङले अर्को गोल गरेपछि टिमले २-० को अग्रता पाएको थियो । त्यसपछि २२ औं मिनेटमा अजम्बरीकै जर्सी नं.-२० का दिपेश तामाङले एक गोल गरेसँगै निर्धारित समय सकिएपछि अजम्बरी युथ क्लवले ३-० को गोल अन्तरमा आजको सेमिफाइनल खेल जितेको हो । अब उसले कार्तिक २३ गते भोलिको सेमिफाइनल खेलको विजयी टिमसँग फाइनल खेल खेल्नेछ । आजको म्यान अफ द म्याच अजम्बरी युथ क्लवका जर्सी नं.-७ का सागर तामाङ घोषित भए ।

भोलिको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल बसाहा क्लव र ब्रदर युथ क्लव बदेलपानीबिच हुने आयोजक सृजना युवा क्लवका अध्यक्ष सुशील तामाङले जनाएका छन् ।

टिप्पणी