जलहरीका विषयमा ओली भने– कसैले सुन नै खाएको भएपनि त्यो मेरो सरोकारको विषय होइन

सप्तकोशी न्युज डेक्स

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले जलहरी बिषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य बिषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

उनले संसदमा एमालेलाई बद्नाम गर्न कसैले यो बिषयलाई उचालेको तर्क गरे । ओलीले पशुपतिमा कसैले सुन नै खाएको भएपनि त्यो आफ्नो सरोकारको विषय नभएको उल्लेख गरे । ओलीले उद्घाटन र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भएपनि यस बिषयमा आफुलाई केहि जानकारी नभएको जिकिर गरे । ओलीले वर्तमान सरकार स्वार्थसँग अडिएको पनि बताए । अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुगेका हुन् ।

TAGS

टिप्पणी