सुनसरीको बराहक्षेत्र चक्रघट्टीमा बन्द भएको चलचित्र हल कात्तिक २४ देखि खुल्ने

सप्तकोशी न्युज संवाददाता

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको चक्रघटीमा लामो समयदेखि बन्द रहेको बराह चलचित्र मन्दिर सिनेमा हल खुल्ने भएको छ । पछिल्लो समयमा प्रविधिको विकाससँग अनेकन समस्याले घेरिएपछि बन्द भएको सो हल यहि कात्तिक २४ गतेदेखि पुनः खुल्ने भएको हो । सो हलको उद्घाटन कात्तिक २४ गते १० बजेबाट भव्यताका साथ उद्घाटन हुने । बराहक्षेत्रको एक मात्र संस्था अनन्त आयामले जनाएको छ । उक्त हल सञ्चालनमा आएपछिको पहिलो चलचित्र प्रदर्शनका लागि अनन्त आयामले मंसिर ३ गते सम्म हलमा प्रदर्शन गर्ने जनाएको छ । अनन्त आयामको उक्त चलचित्र  सो पहिलो पल्ट बन्द भएको बराह चित्रमन्दिर बाट प्रदर्शन हुन लागेको हो। आयोजक प्रतिश श्रेष्ठले जनाए अनुसार २ घण्टा उद्घाटन कार्यक्रम हुने र सो कार्यक्रममा विभिन्न लम्धप्रतिष्ठित व्यक्ति, नगरपालिका,जनप्रतिनिधि लगायत बुद्धिजीवि, चलचित्रकर्मी, दर्शक, स्थानीयबासीहरुको ठूलो जमघट हुने भएको छ । प्रतिश श्रेष्ठद्धारा निर्मित जब प्रकाश जान्छ नामक स्थानीय चलचित्र उद्घाटनकै समयमा प्रदर्शन गरिने भएको छ । त्यसपछि बराहक्षेत्र नगरपालिका क्षेत्रलाई समेटेर बनाएको छोटो डकुमेन्ट्री प्रशारण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । त्यसपछि १२ बजे र ३ बजेको शोमा २०२२ मा ओस्कार अवार्डमा प्रतिनिधित्व गरेको विभिन्न अवार्ड बिजेता

संखुवासभाको चैनपुरमा छायांकन गरिएको बाल तथा महिला मनोबविज्ञान चलचित्र तथा ‘ऐना झ्यालको पुतली’ को प्रदर्शन हुने भएको छ । । सो चलचित्रको विशेष शो कात्तिक २४  गतेदेखि मंसिर ३ गतेसम्म चल्ने जनाइएको छ । कात्तिक २४ र २५ गते दुई शो १२ बजे र ३ बजे प्रदर्शन गरिने भएको छ भने त्यसपछि १० बजेको शो उक्त चलचित्र प्रदर्शन हुने भएको छ । उद्घाटनका समयमा देखाइने स्थानीय चलचित्र जब प्रकाश जान्छ र डकुमेन्ट्री निःशुल्क हुने र ऐना झ्यालको पुतलीको शोमा भने १०० र १५० रुपैयाँको टिकट लिनु पर्ने भएको छ ।


टिप्पणी