अनाधिकृत संरचना हटाउँदा सुनसरीको दुहवीका वडाअध्यक्षमाथि राजनीतिक रिसिइबी र आफूमाथि अभद्र व्यवहार भएको वडाअध्यक्षको आरोप

सप्तकोशी न्युज डेक्स 

इटहरी  । दाताले दिएको रकम सदुपयोग गर्न वडाको सौन्दर्यकरणमा लागेका सुनसरीको दुहवी १० का वडाअध्यक्ष तुलाराम माझीमाथि कुटपिट भएको छ । राजनीतिक रिसिइबी साँध्न आफूमाथि झुट्टा  र भ्रामक सन्दर्भ ल्याएर अभद्र व्यहार गरी कुटपिट गरिएको वडाअध्यक्ष माझीले आरोप लगाएका छन् । 

वडाअध्यक्ष माझीले विकास निर्माणको काम गर्ने क्रममा पराकिलो सडक बिस्तार गर्दा सडक छेउमा रहेको घर भत्किँदा केही व्यक्तिहरुले रिसिइबी गर्दै राजनीतिक प्रतिशोध साधन आफूमाथि कुटपिट गरी सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।

वडाअध्यक्ष माफीले वडा कार्यालयमा पत्रकार सम्मेलन मार्फत एक विज्ञप्ति जारी गर्दै राजनीतिक प्रतिशोध साँध्न केही दिन अगाडि षडयन्त्र तरिकाले ५–७ जना व्यक्तिले वडाअध्यक्ष एक्लै छ यसलाई ठिक पार्नुपर्छ भन्दै सांघातीक हमला गरेपछि ज्यान जोगाउन पोखरीको छेउमा लुक्नु परेको बताउँदै सामाजिक सञ्जाल मार्फत भ्रामक समाचार प्रशारण गरेको झुट्टा आरोपले चरित्र हत्या भएको बताए ।यस्ता भ्रामक कपोलकल्पित झुट्टा समाचारप्रति खेद प्रकट गर्दै सामाजिक सञ्जालबाट प्रशारण भएको प्रति विश्सा नगर्न सबैसँग आग्रह समेत उक्त विज्ञप्तिमा गरिएको छ ।

आफूलाई कुटपिट गर्ने व्यक्तिहरुमाथि किटानी सहितको उजुरी प्रहरीमा दिएको बताउँदै वडाअध्क्ष माझीले कानुनी कारवाहीको दायरामा ल्याउन समेत माग गरेका छन् ।  एसियाली विकास बैंकले बाटोघाटो तथा विकास निर्माण कार्य गर्न दुहवी नगरपालिकालाई ५ अर्ब सहयोग दिँदा सोको पहिलो निर्माण कार्य दुहवी १० बाट बाटोमा परेका घरटहरा हटाउन सुरु गरेका थिए । 


टिप्पणी