लुम्बिनी। सत्तारूढ नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टीका संस्थापक रेशम चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलिपल्ट बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।  सो पार्टीकी अध्यक्ष रञ्जिता चौधरी प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री रहेकी छन् । 
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उन्मुक्ति पार्टीले सरकारसँग माग गरेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने आफूहरूसँग आन्दोलन गर्नुको विकल्प नरहेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए ।

" /> Saptakoshinews

सरकारमै रहेर सरकारविरुद्ध आन्दोलन,सत्तारूढ नागरिक उन्मुक्ति पार्टी न्यायिक पर्खाइमा !

लुम्बिनी। सत्तारूढ नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टीका संस्थापक रेशम चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलिपल्ट बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो । 
 सो पार्टीकी अध्यक्ष रञ्जिता चौधरी प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री रहेकी छन् । 

TAGS

टिप्पणी