एमालेले अवरोध नगर्ने सहमति जलहरीको विषयमा सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने,

सप्तकोशी न्युज संमवाद्दाता

काठमाडौं । सङ्घीय  संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुको बैठक सकिएका छ ।

 प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि  छलफल केन्द्रीत थिए ।तीन दलका शीर्ष नेताहरूको बैठकमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएका छ । यसका साथै एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएका छ ।

संसद सुचारु गराउन ठूला तीन दलका नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री पुष्कपकमल दाहालले संसदमा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएका हो । शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि शनिबार लागि बैठक बोलाएका हो । बैठक शनिबार दिउँसो ४ बजेदेखि सुरु हुन्छ ।

TAGS

टिप्पणी