करेन्ट लागेर इटहरीमा एक मजदुरको निधन

12 July, 2025
1293

सप्तकोशी न्युज संवाददाता

इटहरी । इटहरीमा एक घरमा काम गरेर फर्कने क्रममा करेन्ट लागेर एक मजदुरको निधन भएको छ । 

उपमहानगरपालिका वडा नं. ८ को स्थित राजकुमार कार्कीको दोस्रो तलामा काम गरिरहेका ४० वर्षीया कुमार बिक काम सकेर फर्कने क्रममा करेन्ट लागेर दुई तलामाथिबाट खल झरेका थिए । हाम्रो टोल विकासको ३ नम्बर गेटैमा रहेको सो घरमा करेन्ट लागेर झरेका बिकलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि डाक्टरले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । दिउँसो ४ः५० बजे सो घटना भएको हो । घटना भएको स्थानमा इप्रका इटहरीबाट प्रनानीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको इप्रका इटहरीले जनाएको छ । 

टिप्पणी