
सप्तकोशी न्युज संवादाता
इटहरी । इटहरीको व्यस्त बजारका मुख्य चोकमा सवारी दुर्घटना हुँदा स्कुटरमा सवार आमा छोरीको निधन भएको छ ।
पश्चिम दिशाबाट आउँदै गरेको टिपरको ठक्करबाट विपरित दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा भएको सवारी दुर्घटनामा आमा ४२ वर्षीया सरिता चौधरी र २० वर्षीया छोरी अंशु चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट आमा सरिताको घटनास्थलमै निधन भएको थियो भने छोरी अंशुको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । सो दुर्घटना मंगलबार दिउँसो ३स्३० बजे भएको थियो । आा अंशु कोशी सेन्ट जेम्स कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार आज उक्त विद्यालयमा शोक बिदा दिइएको समेत जानकारी आएको छ ।
घटनापछि आक्रोशित आफन्त र स्थानीयले ढुङ्गामुढा समेत गरेका थिए । ढुङ्गामुढा प्रहार गर्दा इलाका प्रहरी कार्यालयका डीएसपी काफ्लेसहित ९ जना घाइते भएका छन् भने सशस्त्र प्रहरी बलका ७ जना घाइते भएका छन् ।
आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले ३४ थान अश्रुग्यास प्रहार गरेको थियो ।आक्रोशित भिडले टिपरमाथी ढुङ्गा मुडा गरेका थिए भने चालकमाथि समेत हातपात गरेका थिए । टिपर चालक सर्लाहीको हरिबन बस्ने अन्दाजी २६ वर्षीय बलबहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी