
सप्तकोशी न्युज संवाददाता
धादिङ । धादिङ आफ्नै बुवाले तीन जना छोरीहरुलाई यौनजन्य हिंसा गर्ने धादिङका ३६ वर्षीय एक पुरुष अहिले पुरपक्षका लागि थुनामा छन् । हिंसामा परेका तीन जना बालिकाहरुको मानसिक अवस्था विक्षिप्त बनेको छ ।
एक जना बालिकाको गर्भमा बच्चा बसेका कारण सुरक्षित गर्भपत समेत गराउनु परेको थियो । सुरक्षित आवास गृहमा रहेका पीडितहरु एउटा सरकारी विद्यालयमा अधयान गरिरहेका छन् ।
परिवारबाट हिंसामा परेपछि पीडितहरुको घर फर्कने अवस्थानै नभएपछि सुरक्षित आवास गृह अभिभावक बनाएर बसीरहेका बालिकाहरुलाई न्याय पाएको महसुस कसरी हुन्छ भन्ने नै अलमलमा छन् ।
आरोपितलाई कारबाही भएर, जेल हालेर आफूले न्याय पाएको महसुस नहुने पीडित बालिकाको भनाइ छ । तीन जना बालिका मात्र नभएर अधिकांश महिलाहरु हिंसामा पर्ने रेकोले उनिहरु पुनस्थापना समेत हुन सकेका छैनन् ।
धादिङबेसीमा रहेको सुरक्षित आवासगृहमा १३ जना बालिकाहरु बसीरहेका छन् । उनिहरुमध्ये ६ जना परिवारबाट यौन हिंसामा परेकाहरु रहेका छन् भने सबैजना चिनेका मानिसहरुबाट हिंसामा परेको सहयात्री समाज नेपालका अध्यक्ष गीता खनालले जानकारी दिइन् ।
सहयात्री समाजले नेपाल सरकारको नाममात्रको सहयोग लिएरसंचालन गरिरहेको सुरक्षित आवास गृहमा घरमा पुनस्थापना गर्न नसकिने किसिमका बालिकाहरु राखिएकोले प्रदेश सरकार, स्थानीय सरकारले सहयोग पुर्याउनुपर्ने धादिङबेसीमा आयोजित लैंगिक हिंसा विश्लेषण कार्यक्रममा सहभागिहरुले बताएका छन् । आर्थिक वर्ष सुरक्षित आवास गृहको सेवा लिन आएका मध्ये ५२ प्रतिशत महिलाहरु अझैपनि पारिवारिक रुपमा पुनस्थापना गराउन नसकिएको र यो अवस्था न्यायका हिसावले विकराल रहेको सहयात्री समाज नेपालका राधिका सापकोटाले बताइन् ।
हिंसामा परेका मध्ये ६० प्रतिशत महिला आफ्नै श्रीमानबाट पीडित भएको र घर निकालिएको तथ्य सार्वजनिक गरिएको छ । नचिनेको वा अपरिचित मानिससंग जोगिनु पर्छ भन्ने सन्देश दिने गरिएपनि धादिङमा भएका सबै यौन हिंसाका घटनामा चिनेको मानिसले मात्र गरेको पाइएको हो ।
परिवारबाट भएका यौन हिंसाका घटनापछि पारिवारिक पुनरमिलन गराउन नसकिने भएकोले सुरक्षित आवासगृहमा ५ वर्षदेखि १ दिन सम्मको सेवालिने महिलाहरु रहेका छन् । हिंसा प्रभावितहरुका लागि सरकारले बनाएरसंचालन गर्नु पर्ने सुरक्षित आवास गृह सहयात्री समाज नेपालले कठिन अवस्थामा पनि संचालन गरिरहेको छ ।
प्रदेश सरकारले अत्यन्तै न्यून रकम सहयोग उपलब्ध गराएको छ । बागमति प्रदेश सरकारले गत आवमा ३ लाख ५० हजार र नीलकण्ठ नगरपालिकाले ३ लाख रुपैयाँ उपलब्ध गराएको छ । यो आवासगृह संचालन गर्ने जिम्मेवारी धादिङका १३ पालिकाको भएपनि कुनैपनि पालिकाले आवासगृह संचालनमा लागि सहयोग उपलब्ध गराएको छैन ।
सबै पालिकामा लैंगिक हिंसा कोष भएपनि यो रकम समेत प्रयोगमा ल्याउने नगरेकोले यसबारेमा पालिकासंग छलफल गरेर समन्वयको वातावरण बनाउने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । हिंसा प्रभावितहरुलाई अभिभावको रुपमा सरकारले समेत राख्न पाठाउने एकमात्र सहयात्री समाजको आवासगृह भएकोले प्रहरीले मात्र नभएर स्थानीय सरकारले समेत सघाउन प्रहरी उपरिक्षक गौतम मिश्रले आग्रह गरे ।
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी