इजरायलको आक्रमणमा सुनसरीको बराहक्षेत्र मधुवनका राजेश कुमार स्वर्णकार सहित १० जना नेपालीको मृत्यु पुष्टि

01 July, 2025
330

सप्तकोशी न्युज डेक्स 

सुनसरी । इजरायलका लागि नेपाली राजदुतावासले इजरायलमा भएको आक्रमणमा परी सुनसरीको साविक मधुवन गाविस वडा नम्बर १, का राजेशकुमार स्वर्णकार सहित १० जनाको मृत्यु पुष्टि गरेको छ ।इजलायरको गाजा क्षेत्रमा प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको हो थप तीन जना घाइते रहेको र उनीहरुको अस्पतालमा उपचार भईरहेको दुतावासको भनाई छ ।इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह रहेका छन् ।

टिप्पणी