इटहरी उपमहानगरपालिकामा असार भर सार्वजनिक बिदा नदिने

01 July, 2025
280

सप्तकोशी न्युज संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिकाले काम चापलाई मध्यनजर गरेर आर्थिक वर्षको अन्तिम महिना असारभर सार्वजनिक बिदा नदिने भएको छ । 

सुनसरीको इटहरी उपमहानगरपालिकाले असार महिनाभर सार्वजनिक बिदाका दिन पनि कार्यालयको सेवा निरन्तर प्रवाह गर्न प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहेताद्धारा हस्ताक्षरित सुचना पत्रमा उल्लेख छ । 

उक्त पत्रका अनुसार आर्थिक वर्ष २०७९ ८० को समाप्तिसँगै असार महिनाभर कामको चाप बढी हुने भएकाले उपमहानगरपालिका र मातहतका २० वटै वडामा सार्वजनिक बिदा हुने छैन । मेहताले सूचना प्रकाशन गरी नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरू बिदाका दिन पनि सञ्चालन हुने बताएका छन् ।


टिप्पणी