
सप्तकोशी न्युज संवाददाता
झुम्का । सुनसरीको झुम्कामा बुधबार तेस्रो राष्ट्रिय थारु चलचित्र महोत्सव तथा दुई दिने सम्मान कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म चल्ने महोत्सवको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरे । मातृभाषाको कला, संस्कृति एवं चलचित्रलाई संरक्षण गरौं थारु जातिको पहिचान र अधिकार स्थापित गरौ भन्ने ध्येका साथ लगाइएको उक्त महोत्सवको सभापतित्व केन्द्रीय अध्यक्ष तथा परशुराम चौधरीले गरेका थिए । नेपाल भर बनेका उत्कृष्ट थारु चलचित्रको संक्षिप्त विवरणसहितको ऐतिहासिकतासँगै बृत्तचित्र समेत सो महोत्सवका क्रममा प्रस्तुत गरिएको थियो ।
खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि आँखा खोलेका थारु समुदायका कलाकाहरुले थारु भाषामा चलचित्रको माध्यमबाट थारु समुदायलाई ब्युझाउन सकिन्छ भन्ने चेत खुलेको उक्त चलचित्र र बृत्तचित्रको माध्यमबाट देखाइएको छ । हालसम्म ११५ चलचित्र थारु भाषामा निर्माण भईसकेको र उक्त चलचित्र थारुमै मात्र सीमित नबनाई अब नेपाली भाषामा समेत निर्माण गरेर पुरै समुदायमा पुयाउन पर्ने आवश्यकता रहेको थारु चलचित्रका महानायक पर्शुराम चौधरीले बताए ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समूदायका कलाकारले निर्माण गरेका फिल्म एउटै थलोमा देखाउन र बजार प्रवर्द्धन गर्न महोत्सव गरिएको हो अध्यक्ष तथा कार्यक्रमका सभापति चौधरीले बताए ।उनले चलचित्रबाटै थारु समुदायलाई झक्झक्याउन सकिने भन्दै सम्पन्न थारुहरु टाढाबाठाको चंगुलमा फसेर बिग्रीएको पनि चौधरीले औंल्याए । महोत्सवले थारु समूदायको मौलिक भाषा, संस्कृति र पहिचानलाई स्थापित गर्न केही हदसम्म सहयोग पुग्ने चौधरीको कथन थियो । कार्यक्रममा उपस्थित महिला तथा पुरुषहरुले समूदायको वेशभूषा, भाषा र संस्कृति झल्काउने बस्त्र लगाएका थिए ।
थारु समुदायको बसोबास रहेका प्रायः सबै जिल्लाबाट आएका चलचित्रकर्मीसहित थारुसँग सम्बन्धित विभिन्न तह र तप्काका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो । स्थानीय सरकार प्रमुख, उपप्रमुखसहितको विशेष आतिथ्यतामा आयोजित सो कार्यक्रम एलएन गच्छदारले सञ्चालन गरेका थिए । उद्घाटन कार्यक्रममा थारु समूदायको मौलिक पहिचान झल्कने नृत्य समेत प्रदर्शन गरिएको थियो ।
थारु चलचित्र तथा सास्कृतिक संघ केन्द्रिय कार्यलय काठमाडौंको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजनमा आयोजना गरिएको थियो । यो सँगै इटहरीमा २ वटा थारु चलचित्र महोत्सव भईसकेको र एउटा दोस्रो चलचित्र महोत्सव काठमाडौंमा आयोजना गरिएको थियो । ११५ चलचित्रसँगै ८० भन्दा बढि छोटो फिल्म निर्माण भएको आयोजकले जनाएको छ । बिहीबार पनि सम्मानसहितको कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी