
सप्तकोशी संवाददाता
काठमाडौं । लमजुङमा शनिबार आयोजना भएको दोस्रो राष्ट्रब्यापी मिनि म्याराथनको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जितेका छन् । लमजुङस्थित सुन्दरबजार नगरपालिका– ९ को भोटेओडारको बगैंचामा शनिबार भएको १५ किलोमिटरको मिनि म्याराथन नेपाली सेनाको शेर जंग गणका गजेन्द्रले ४५ मिनेट ५४ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।
आर्मीका धावकले वर्चश्व जमाएको मिनि म्याराथनमा सेनाकै रणसिंह गणका रामजी बस्नेत निर्धारित दुरी ४६ मिनेट ३० सेकेण्डमा पुरा गर्दै दोस्रो भए । ४७ मिनेट १४ सेकेण्डमा पुरा गर्दै सेनाकै वरख गणका मोहनदेव जोशी तेस्रो भए । जोशीले ४७ मिनेट १४ सेकेण्डमा दुरी पार गरेका थिए । भैरव नाथ गणका आर्मीकै सञ्जय श्रेष्ठ चौथो तथा रणसेर गणका प्रेम बहादुर बस्नेत पाँचौ भए । सञ्जयले ४७ मिनेट २५ सेकेन्डमा तथा प्रेम बहादुर बस्नेतले ४९ मिनेट २० सेकेण्डमा दरी पार गरे ।
उपाधिसँगै गजेन्द्रले ५५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका रामजीले २५ हजार ५ सय ५० रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो भएका जोशीले १५ हजार ५ सय ५० रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । चौथो भएका सन्जय र प्रेमले समान १० हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ (कालु) ले जानकारी गराए ।
विजयी खेलाडीहरूलाई प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सविधान सभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले संयुक्त रुपमा पुरस्कृत गरे ।
समापन दौरान जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, नेकपा एमाले जिल्ला कमिटीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदी, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष गोविन्द बस्नेत लगायतको उपस्थिति थियो । दोस्रो राष्ट्रब्यापी मिनि म्याराथनमा लमजुङ लगायत विभिन्न जिल्लाका ३५ जना धावकहरूले सहभागिता जनाएका थिए । पहिलो संस्करणमा जुम्लाका दुर्गा बुढा मगरले उपाधि जितेका थिए ।
मिनि म्याराथन सुन्दरबजार नगरपालिका र बेसीशहर नगरपालिकाको सीमाक्षेत्रमा रहेको बेसीशहर नगरपालिकाको उदिपुरस्थित स्वागत गेटदेखि सुरु भई सुन्दरबजार नगरपालिका– ९ को कृष्ण बगैंचा, सोही नगरपालिका– ८ को पैह्रे, सोही नगरपालिका– ७ को लमजुङ क्याम्पस गेट, लमजुङको प्रवेशद्धार पाउँदी हुँदै वडा नं– ८ फूलबारी, सिउँडीबार भएर कृष्ण बगैंचामा आएर टुंगिएको थियो ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी