इटहरी । करिब एक महिना अगाडि त्रिभुवन विमानस्थल नजिकैबाट बरामद भएको तस्करी गरिएको सुनको तौल ६० किलो ७१६ ग्राम भेटिएको छ ।

चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबार गालिएपछिको तौल ६० किलो ७१६ ग्राम भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार गालेर वास्तविक तौल निकालेको हो । गालेपछि सुनका ३४ बिस्कुट बनेको महाशाखाले जनाएको छ ।

सुनको गुणस्तर कति हो भन्नेबारे भने ३ देखि ७ दिनसम्ममा यकिन हुने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । सोमबार ब्रेक शुबाट निकालेर तौलिँदा सुनको तौल ६० किलो ७ सय ८९ ग्राम थियो ।

सुन गाल्दा थोरै मात्रै जर्ती निस्किएको छ। ७३ ग्राम जर्ती निस्किएको उनले बताए । राजश्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक सु विमानस्थल बाहिरबाट बरामद गरेको थियो।

" /> Saptakoshinews

१०० केजी तस्करी सुन गालेपछिको तौल ६० किलो ७१६ ग्राम

01 July, 2025
255

टिप्पणी