सांसद अशोक कुमार चौधरीद्वारा पाथीभरा केवलकार विवादमा सरकारको आलोचना

काठमाडौं — प्रतिनिधिसभाको बैठकमा सांसद अशोक कुमार चौधरीले ताप्लेजुङस्थित पाथीभरा केवलकार विवादबारे गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको कडा आलोचना गरेका छन्।

सभामा बोल्दै चौधरीले मुक्कुमलुङजस्तो पवित्र भूमिमा श्रद्धा र भक्ति प्रवाहित हुनुको साटो निर्दोष नागरिकहरूको रगत बगाइएको भन्दै आपत्ति जनाए। उनले केवलकार निर्माणका नाममा सरकारले बलजफ्ती, दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको आरोप लगाए।

"स्थानीय समुदायको आवाज दबाउन बन्दुक ताक्ने सरकारको रवैया पूर्ण रूपमा अस्वीकार्य छ। सरकार जनताको सेवक हुनुपर्छ, दमनकारी शासक होइन," चौधरीले भने।

उनले कोशी प्रदेशभरि जारी बन्दका कारण लाखौँ नागरिक प्रभावित भएको भन्दै सरकारलाई तत्काल समाधानको लागि पहल गर्न आग्रह गरे।

हाल सरकार र आन्दोलनरत पक्षबीच भएको ६ बुँदे सहमति सकारात्मक रहेको बताउँदै चौधरीले निम्न बुँदाहरूमा सरकारलाई कडा चेतावनी दिएः

1️⃣ हिंसा, दमन, र गोली प्रहार जस्ता घटना फेरि नदोहोरिनु पर्ने।

2️⃣ घाइतेहरूको तत्काल उपचार र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने।

3️⃣ स्थानीय समुदायको भावनालाई सम्मान गर्दै संवाद र सहमतिका आधारमा समस्याको समाधान गर्नुपर्ने।

उनले सम्माननीय सभामुखमार्फत सरकारलाई जनताको अधिकार कुण्ठित नगर्न चेतावनी दिएका छन्।

" /> Saptakoshinews

पाथीभरा केवलकार विवादमा सरकारको आलोचना

16 December, 2025
332

TAGS

टिप्पणी