
झापा, १० मंसिर । सभामुखका स्वकीय सचिव एवं योजना तर्जुमा विज्ञ केशवराज ढुंगेलले ४० लाख रुपैयाँ विनियोजन गरिएको अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना निःशुल्क निर्माण गरेका छन् ।
अर्जुनधारा नगरपालिकाले ४ मंसिरमा आयोजना गरेको कार्यक्रममा सभामुख देवराज घिमिरेले अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना सार्वजनिक गरे । नगर विकास योजना सार्वजनिक कार्यक्रममा ढुंगेलले आर्थिक वर्ष २०७९÷८० मा योजना निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरे पनि आफूले निःशुल्क निर्माण गरेको जानकारी दिए ।
‘नगरपालिकाले नगर विकास योजना निर्माणका लागि विगत २/३ वर्षदेखि हरेक वर्ष बजेट विनियोजन गरे पनि काम हुन सकेको थिएन,’ उनले भने, ‘६ महिनाको अथक प्रयासपछि कार्ययोजना नगरपालिकालाई हस्तान्तरण गरेको छु ।’
ढुंगेल नेतृत्वको कञ्चनजंघा परामर्श सेवा प्रा.लि.ले देशभरका विभिन्न स्थानीय तहमा नीति तथा कार्ययोजना निर्माण गर्दै आएको छ । उनले आवधिक योजनाहरु तयारी गर्ने तर कार्यान्वयनमा नलैजाने प्रवृत्ति देखिएको भन्दै अर्जुनधारा नगरपालिकाले भने कार्यान्वयनका लागि तदारुकता देखाउने विश्वास व्यक्त गरे । उनले नगरपालिकाका समस्या तथा चुनौतीलाई सुक्ष्मरुपमा विषयगत र क्षेत्रगत रुपमा विश्लेषण गरिएको बताउँदै सम्भावना र अवसरहरुको सबै क्षेत्रबाट खोजी गरेको जानकारी दिए ।
नगरबासी भएको हैसियतले सामाजिक उत्तरदायित्व वहन गर्दै आफूले योजना तयार पारेर नगरलाई प्रदान गरेको ढुंगेलको भनाइ छ ।
अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना सार्वजनिक गर्दै सभामुख घिमिरेले आगामी दिनमा विकास योजना बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । ‘आगामी दिनमा आवधिक नगर विकास योजनालाई गाइडलाइन बनाएर नगरपालिकालाई योजना निर्माण गर्न सहज हुनेछ,’ उनले भने, ‘मलाई लाग्छ यसले एउटा मार्गचित्र तय गर्नेछ ।’ उनले स्थानीय तहमा विभिन्न योजनाहरु निर्माणको लहर चले पनि कार्यान्वयनमा चासो नदेखाइएको बताउँदै अर्जुनधाराले भने कार्यान्वयनतर्फ पाइला चाल्ने विश्वास व्यक्त गरे ।
नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङले आवधिक योजनालाई केन्द्रमा राखेर दीर्घकालीन लक्ष्य, नतिजा, रणनीति तथा प्राथमिकताहरु तय गरिने जानकारी दिए । उनले हरेक वर्षको वार्षिक नीति तथा कायृक्रम र बजेट आवधिक योजनामा आधारित हुने बताए । उनले नगरले आवधिक योजनाका लागि छुट्याएको बजेटले शनिश्चरे बजारमा अत्याधुनिक सुविधा समपन्न शौचालय निर्माण गरिएको बताए । नगरलाई निःशुल्क योजना सहितको पुस्तक हस्तातरण गरेको प्रति उनले योजना तर्जुमा विज्ञ ढुंगेलप्रति आभार व्यक्त गरे ।
नगर उपप्रमुख खड्गमाया पराजुलीले नगरपालिकाको विकास र समृद्धिको लागि सहभागितात्मक प्रक्रियाबाट आवधिक योजना तर्जुमा गरिएको जानकारी दिइन् । दीर्घकालिन सोचसहित आगामी पाँच वर्षका लागि आवधिक योजना तर्जुमा गरिएको उल्लेख गर्दै उनले योजना कार्यान्वयनका लागि नगरपालिका जिम्मेवार ढंगले प्रस्तुत हुने बताइन् ।
नगरपालिकाका पूर्व प्रशासकीय अधिकृत गीताकुमारी राईले नगरका कार्यक्रम तथा योजनाहरुलाई व्यवस्थित एवं तर्कबद्ध गर्नुपर्ने आवश्यकता पूर्ति गर्न आवधिक योजनाले सहयोग गर्ने विश्वास व्यक्त गरे । उने आवधिक योजनाले नगरको समग्र विकासमा मार्गदर्शन गर्ने अपेक्षा राखिन् ।
आवधिक नगर विकास योजनामा के–के छ ?
आवधिक नगर विकास योजनाले मूल रुपमा ५ वटा विषयगत क्षेत्रहरु (आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावारण तथा विपद व्यवस्थापन र सुशसान तथा संस्थागत विकास) समेटेको छ भने यी विषयगत क्षेत्र भित्र विभिन्न २२ वटा उपक्षेत्रहरु समेटेको छ । कार्ययोजनामा क्षेत्रगतरुपमा वर्तमान अवस्था, लक्ष्य निर्धारण, रणनीति, कार्यनीति तथा क्रियाकलापहरुको विश्लेषण गरेको छ ।
कृषिका लागि पानी, उद्योगका लागि बिजुली र बजारका लागि सडक आधारभूत आवश्यकता भित्र पर्ने भएकोले आवधिक नगर विकास योजनाले सिँचाइ, विद्युत तथा सडकलाई भौतिक विकासको पहिलो प्राथमिकतामा समेटिएको छ । युवा रोजगारीलाई वढावा दिने गरी सम्मानित कृषिलाई जोड दिएको छ । अहिलेको अन्तिम पुस्ता कृषि पेशाको पनि अन्तिम पुस्ता हुने खतरा बढिरहेको अवस्थामा त्यसालई रोक्न युवा केन्द्रित विशेष कृषि कार्यक्रमहरु अगाडि सारिएकोछ ।
नगरपालिको समृद्धिका लागि पर्यटन प्रवद्र्धनको अपार सम्भावनालाई आवधिक योजनाले अगाडि सारेको छ । नगरका २१ वटा प्राकृतिक तथा धार्मिक स्थलहरुलाई पर्यटन विकासको योजना सहित विभिन्न कार्यक्रमहरु सिफारिस गरेकोछ ।
‘पूर्वाधारको विकास गरिवीको अन्त्य समृद्ध अर्जुनधारा सवैको गन्तव्य’ भन्ने दीर्घकालिन सोच सहित मुख्य रुपमा आगामी ५ वर्ष भित्रमा नगरपालिकालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, रोजगारी सृजना र पर्यटन विकासलाई विशेष जोड दिइएको छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी