प्रतियोगिता समाप्तीपछि जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परबिनले बिजेताहरुलाई कप, प्रमाणपत्र र नगर पुरस्कार बितरण गरे ।

राजविराज नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा कुल ८ टिमको सहभागिता थियो ।

समापनका अवसरमा फुटबलका पूर्व सिनियर खेलाडी जिवन श्रेष्ठ, श्रीलाल देव, आलोक विश्वास, जितेन्द्र नारायण देव, हिरण्यराज भण्डारी, मनोज माझि, हरिनारायण मण्डल तथा जिल्ला खेलकुद विकास समितिका सेवा निवृत कर्मचारी तृप्ती नारायण साहलाई प्रमुख अतिथि परबिनले प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरे ।

प्रतियोगिताको बेस्ट मिड फिल्डर उदयपुरका आशिष चौधरी, बेस्ट डिफेन्डर सप्तरीका बिमल राई, उत्कृष्ट खेलाडी उदयपुरका बिशाल चौधरी, उत्कृष्ट गोलरक्षक उदयपुुरमा रेम्बो चौधरी, सर्वाधिक गोलकर्ता धनुषाका दिनेश होम्जोङ र उत्कृष्ट प्रशिक्षक उदयपुरका संजय चौधरी घोषित भए ।

" /> Saptakoshinews

प्रथम राजविराज मेयर गोल्डकप फुटबलको उपाधि उदयपुरको कब्जामा

01 July, 2025
179

सप्तकोशी संवाददाता

सप्तरी । सप्तरीको राजविराजमा संचालित प्रथम राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी उदयपुरले जितेको छ । 

शनिबार राजरंगशालामा भएको फाइनल खेलमा धनुषालाई २–० गोल अन्तरले हराउँदै उदयपुरले उपाधीमाथी कब्जा जमाएको हो ।

जितसँगै उदयपुरले १ लाख ५० हजार नगद पुरस्कार हात पारे । यस्तै उपबिजेता धनुषाले एक लाख नगद पुरस्कार प्राप्त गरे ।

पहिलो हाफको ३१ औं मिनेटमा उदयपुरका बिशाल चौधरीले गोल गर्दै टिमलाई एक गोलको अग्रता दिलाए । त्यसको १० मिनेट नबित्दै उदयपुरका कृपा चौधरीले अर्को गोल थप्दै अग्रता दोब्बर पारे । धनुषाले गोल फर्काउन निकै प्रयास गरे पनि सफल हुन सकेन् ।

राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगितामा सुनसरीलाई पराजित गर्दै सर्लाही  विजयी - न्यूज टुडे

टिप्पणी