
सप्तकोशी न्युज संवाददाता
काठमाडौं। राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष पुष्प श्रेष्ठले युवालाई उत्पादनसँगै श्रममा जोड्न सके मात्र देश विकास सम्भव हुने बताएका छन् ।
शनिबार सम्पन्न युवा संघ नेपालको जिल्ला कमिटी सर्लाहीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले देश विकासका लागि युवालाई उत्पादनसँगै श्रममा पनि जोड्नुपर्ने बताए ।
बैठकले जिल्लामा राष्ट्रिय युवा संघ नेपाललाई चलायमान र सक्रिय बनाउन विभिन्न निर्णय गरेको छ। राष्ट्रिय युवा संघ नेपाललाई बलियो र सशक्त बनाउन देशभरका युवा माझ युवासंघ जाने उनले बताए ।
बिगतको निवार्चनको समीक्षा गर्दै पार्टीले भने अनुसार ‘१ बुथ १०० युथ’ राम्रोसँग कार्यन्वयन नहुनुको परिणाम संगठन मजबुद नभएर हो भन्ने निश्कर्षसहितआउने निर्वाचनलाइ नै लक्षित गरेर संगठन वडासम्म निर्माण गर्ने, जिल्लामा अधिकतम धेरै सदस्यता वितरण गर्ने, जिल्लाका सबै बडालाइ लक्षित गर्दै १ युवा ५ बिरुवा अभियान संचालन गरि बडासम्म पुग्ने, लागु औषधको प्रयोग नियन्त्रण गर्न समाजमा रचानात्मक कार्य संचालन गर्ने नीति लिएको बताउँदै उनले जिल्लाका सबै स्थानीय तहका वडामा संगठनलाई सक्रिय र मजबुत बनाउने र पार्टीलाइ युवा आवश्यक परेको बेला रक्षात्मक भूमिकामा युवा हुने गरि संगठन निर्माण गर्ने बताए ।
नवयुवाहरु श्रमसहितको उत्पादनमा जोड्न सके देशमा भएको बेरोजगारीको अन्त्य हुने बताउँदै उनले भने,’राजनीतिक र वैचारिक धारमा मात्र नभएर युवा पुस्तालाई अब श्रम सहितको उत्पादनमा जोड्नुपर्छ । युवालाई उत्पादनमुखी बनाउनुपर्छ । देशको युवा पुस्ता उत्पादनमा लागेमात्र देश विकास सम्भव छ ।’ युवालाई उद्यमी बनाउँदै देश विकास र निर्माणको भूमिकामा सामेल गराउन राष्ट्रिय युवा संघ नेपालले रचनात्मक कार्यहरु गर्दै आएको छ’ श्रेष्ठले भने, ‘देश विकासमा युवाको अहम् भूमिका हुन्छ । तर, अहिलेको परिस्थितिमा युवा पलायनको भयावह अवस्था हामी देखिरहेका छौं । यसलाई कम गर्न युवा संघ नेपालले अब युवालाई उत्पादनमा र श्रममा जोड्ने काममा पुल बन्ने छ ।’
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी