एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन

01 July, 2025
444

सप्तकोशी न्युज डेक्स

इटहरी । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ ।प्रतिनिधि सभा सदस्य समेत रहेका नेम्वाङको हृदयघातका कारण सोमवार राति झण्डै साढे २ बजेको समयमा निधन भएको नेकपा एमालेका नेताहरुले जनाएका छन् ।बालुवाटार स्थित निवासमा हृदयघात भएलगत्तै उनलाइ महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

घरमै हृदयघात भएका सुवास नेम्वाङलाई अस्पताल ल्याएपछि राति साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका छन । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलामबाट विजयी नेम्वाङ नेकपा एमाले संसदीय दलका उपनेता थिए ।२०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट प्रत्यासी थिए ।

२०६३ सालमा सम्पन्न जनआन्दोलनबाट पुनस्थापित प्रतिनिधि सभाको सभामुख बनेका नेम्वाङ त्यसपछि २०६४ र २०७० सालको संविधान सभाका अध्यक्ष थिए ।वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति समेत बनेका थिए ।

टिप्पणी