
सप्तकोशी न्युज संवाददाता
विराटनगर । विराटनगरमा रहेको ग्रीनल्याण्ड कलेजमा अध्ययन गरेका आठ जना विद्यार्थीहरुले एमबीबीएसतर्फ पूर्ण छात्रबृत्तिमा नाम निकालेका छन् । कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मानित गरेको छ ।
कलेज परिसरमा मंगलबार आयोजित कार्यक्रममा विद्यार्थीहरु शत्रुघन साह, अमित यादव, इसान सिंह यादव, रोहनकुमार प्रभाकर, सविना चौधरी, अनमोल झा, कृपा खड्का र आकृति बस्नेतलाई कलेजले सम्मान गरेको हो ।
उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कदरपत्रसहित सम्मान गरेका हुन् ।
मेयर कोइरालाले विराटनगर गुणस्तरीय शिक्षा प्राप्तिका लागि शैक्षिक गन्तव्य बन्दै गएको र विभिन्न प्रदेशबाट अध्ययनका लागि विराटनगर आउने विद्यार्थीहरुको संख्या बढेको बताए । विराटनगरमा अध्ययन गर्ने विद्यार्थीहरुले प्राप्त गरेको सफलताले विद्यालय तथा कलेजहरुको क्षमता समेत बढाएको बताए ।
एउटै शैक्षिक संस्थाबाट आठ जनाले एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकाल्नु निकै महत्वपूर्ण उपलब्धि भएको उनले बताए । कलेज र विद्यार्थीहरुको मेहनतले अध्ययनका लागि नेपालबाट पैसा बिदेशिन रोकेको समेत उनले बताए ।
सम्मानित विद्यार्थीहरुको तर्फबाट बोल्दै विद्यार्थी अमित यादवले कडा मेहनत र संघर्षबाट सफलता प्राप्त गरेको बताए । उनले आफ्नो सफलतामा कलेजका शिक्षकहरुले प्रदान गरेको शैक्षिक वातावरण समेत महत्वपूर्ण रहेको बताए । पढ्ने उद्देश्य राखेर कलेज पुग्ने जोसुकै विद्यार्थीहरुले पनि आफ्नो जीवनको महत्वपूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
विद्यार्थी कृपा खड्काले विद्यार्थीहरुको चाहना बमोजिम कलेजको शिक्षण रहेकोले सफलता प्राप्त गर्न सहज भएको बताइन् । उनले पढ्न खोज्यो भने नतिजा निकाल्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढेको बताइन् ।
कलेजका सञ्चालक राजिव मिश्रले विद्यार्थीहरुलाई उत्प्रेरित गर्न सम्मान गरिएको जानकारी दिए । साथै विद्यार्थीहरुले अन्तर्राष्ट्रियस्तरमा समेत सफलता प्राप्त गरेकोमा कलेज निकै खुशी भएको बताए ।
कार्यक्रमका अध्यक्ष एवं कजेजका सञ्चालक शिवनारायण यादवले कलेजले अझ राम्रो नजिताका लागि मेहनत गर्दै जाने प्रतिवद्धता जनाए । उनले शैक्षिक क्षेत्रबाट देशकै उत्कृष्ठ कलेज बनाउने अभियानमा जुटेको पनि सप्तकोन्युजलाई बताए ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी