बसले बोलेरो लाई र मोटरसाइकल ले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मुत्यु, १२ घाइते

01 July, 2025
402


काठमाडौँ । पेप्सीकोला–काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा २ जनाको मुत्यु भएको छ ।

आइतबार बिहान ७ः४५ बजेतिर मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा अन्य १२ जना घाइते भएका हुन् ।मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान २५ वर्षीया उषा थापा र सर्लाही घर भई काठमाडौंमा बस्दै आएका २१ वर्षीय राज भट्टराई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका उनीहरुको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।अन्य घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीले जनाएको छ ।

जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो जिप एक–आपसमा ठोक्किएको थियो । बस र बोलेरो जिप ठोक्किँदा उक्त बाटो भएर चलिरहेका मोटरसाइकल र स्कुटर पनि दुर्घटनामा परेको हो ।

यसैगरी बस पल्टिएर बसले कुल्चिदा वागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र वागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।दुर्घनापछि केही समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ ।


टिप्पणी