नेपाल–चीन व्यापार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्न चीन जादै प्रम - प्रचण्ड

01 July, 2025
341

सप्तकोशी न्युज डेक्स 

इटहरी । आज चीन भ्रमणमा जादै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङमा आयोजना हुने नेपाल–चीन व्यापार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्न जान लागेका छन् । सम्मेलनमा नेपाल र चीनका १ सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ ।

आजै प्रधानमन्त्री दाहाल रात्रिभोजमा सहभागी हुनेछन् । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्न लागिएको हो ।

प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्नुको साथै चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलसहित असोज १३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

टिप्पणी