
सप्तकोशी न्युज डेक्स
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगीको संक्रमण तीब्र गतिमा फैलिइरहेको छ । धरानमा हालसम्म डेंगीको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगिसकेको छ ।
धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताले हालसम्म धरानमा चार जनाको अस्पतालमा र २ जनाको डेंगीकै कारण मृत्यु भएको मेहताले बताए ।
धरानमा वैशाख अन्तिमदेखि डेंगीको प्रकोप बढ्न थालेको हो । अहिलेसम्म विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको रिपोर्ट अनुसार १९ सय ११ जनामा संक्रमण देखिएको छ ।
धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रढाको लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको छ । धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ ।
यस्तै धरानमा रहेका २४० वटै टोल विकास संस्थालाई परिचालन गरिएको मेहताले जनाए । ‘हामीले २४० वटा टोल विकास संस्थालाई डेंगी नियन्त्रण अभियानमा परिचालन गरेका छौं । विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेर शिक्षक, विद्यार्थी पनि परिचालन गर्ने, स्वास्थ्यकर्मी, जनप्रनिधिनि परिचालन गरेर सर्च एण्ड डिस्ट्रोए अभियान लिएर घरघरमा जाँदैछौं,’ मेहताले भने ।
उनले हाल देखिएको डेंगीले महामारीको रुप लिएको छैन । तर महामारीको रुपमा जान सक्ने संकेत गरेको बताए । ‘धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । त्यहाँ मृत्यु भएको केश पनि छ । यी चारै वडामा सबैको सहयोगमा घरघरमा पुग्ने अभियान चलाइरहेका छौं,’ जनस्वास्थ्य अधिकृत मेहताले भने, ‘त्यसमध्ये पनि १७ नम्बर वडा बढी प्रभावित रहेको बताइएको छ । उक्त वडामा मात्रै लगभग ५ सय संक्रमित रहेका छन् ।’
डेंगी तीब्र गतिमा फैलिन थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगुको छुट्टै १ सय ५० जनासम्म अट्ने गरी उपचारको व्यवस्था गरिएको छ । ‘त्यहाँ किटको व्यवस्था गरेका छौं । कुर्सी टेबल र फेनहरुको व्यवस्था गरेका छौं । स्वास्थ्य कार्यालय सुनसरी र स्वास्थ्य निर्देशनालय धनकुटाबाट परीक्षण किटहरू विपी प्रतिष्ठानलाई नै दिएका छौं । त्यहीबाट धरानका नागरिकलाई निःशुल्क गर्ने व्यवस्था गरेका छौं,’ मेहताले भने ।
यद्यपि डेंगी परीक्षणको लागि किटको अभाव भएको मेहताले बताए । ‘अहिले किट कम छ,’ उनले भने । किट उपलब्ध भएको अवस्थामा ३ सय जनासम्मको दैनिक परीक्षण गर्न सकिने उनले बताए । यद्यपि अहिले किट अभाव देखिएको मेहताको भनाइ छ । किट महँगो पर्ने भएकोले उपमहानगरपालिकाले डेंगी नियन्त्रण अभियान नै प्रभावकारी बनाउनु पर्ने निष्कर्ष निकालेको छ । ‘१० लाखको किट खरिद गर्दा २ हजार मात्रै आउँछ । किट धेरै महँगो पर्ने भएकोले परीक्षण गर्नुमात्रै ठूलो कुरा नहुने देखियो । बरु नियन्त्रण अभियान नै प्रभावकारी बनाउनु पर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने । उनले धरानमा हालसम्म ३१ सयको किट मार्फत परीक्षण गरिसकिएको बताए ।
पटकपटक धरानमै किन हुन्छ डेंगीको प्रकोप
धरानमा खानेपानीको अभाव छ । पानीको अभाव पूर्ति गर्न वर्षाको समयमा ड्रममा पानी जम्मा पारेर राख्ने चलन छ । डेंगी त्यहाँ बढी बस्छ । ‘हामीले त्यस्ता ड्रमको पानी फाल्दै पनि छौं । छोपेर राखिएकालाई दिएका छौं । खुल्ला राखेको छ भने तीन दिनमा पानी परिवर्तन गर्न भनेका छौं,’ मेहताले भने । उनका अनुसार तीन÷चार दिनमा पानी चेन्ज गरिएन र खुललै राखियो भने त्यहाँबाटै डेंगुको लार्भा हुर्कने चान्स बढी हुन्छ ।
डेंगीको प्रकोप प्रि मनसुन, मनसुन र पोष्ट मनसुनमा हुन्छ । मनसुन सिजन अहिले हो । फागुन चैत महिनामा ३–४ सय केस इटहरीमा देखिएको थियो । अहिले इटहरीमा कम भएको छ भने धरानमा बढी देखिएको छ ।
धरानमै अहिले डेंगी देखिनुको कारण विभिन्न रहेको मेहताको दाबी छ । एउटा कारण पानीको अभाव हुनु र जम्मा गरेर राख्नु हो । अर्को वनजंगलको क्षेत्र बढी छ । जंगलका रुखको टोड्काहरुमा पनि पानी जमेको छ भने त्यो पनि डेंगुको घर हो । यस्तै फूलका गमलाहरु पनि धरानमा धेरै छन् । गमलाको पिँधमा रहेको प्लेटमा पानी रहँदा त्यहाँ पनि डेंगुको घर बनेको छ । गमलाहरुमा पनि देखिएको छ । अर्को पानी जम्मा गरेर राखेको ट्याङ्कीहरु घरघरमा छन् । त्यसमा पनि डेंगु बस्ने देखिएको छ । अर्को सुँगुरको खोर धेरै छ । त्यहाँबाट पनि डेंगु सरिरहेको छ । सुँगुर भएको ठाउँमा धेरै हिलोमैलो देखिन्छ । डेंगुले सफा पानीमा फूल पारे पनि फोहोरमा हुर्किन्छ । यस्तै कतिपय सडकको डे«न तथा नालीहरू पनि सफा छैन । धरानमा डेंगु, मलेरिया र कालाजार रोग सार्न सक्ने खालको लामखुट्टै पाइएको छ । ‘रिसर्च गर्दा डेंगु सार्ने खालको लामखुट्टे धेरै पाइएको छ । यसलाई रोकथाम र नियन्त्रणको एउटै उपाया भनेको सर्च एण्ड डिस्ट्रोए अभियान नै हो,’ मेहताले भने । धरानमा ०७७ र ७८ मा फाट्ट फुट्ट मात्रै डेंगी देखिएको थियो । त्यतिबेला १०२ जना संक्रमित भएका थिए । २०७५ सालको अन्तिम र २०७६ को सुरुवातमा पनि डेंगीको संक्रमण फैलिएको थियो । त्यसबेला ४ हजार ३ सय मानिस संक्रमित भएका थिए । त्यतिखेर पनि सर्च एण्ड डिस्ट्रोए र फगिङ गरिएको थियो ।
कोशी प्रदेशमा २ हजार बढी संक्रमित
कोशी प्रदेशभरमा २ हजार भन्दा बढी डेंगीका संक्रमित रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । जसमध्ये सुनसरी, संखुवासभा, झापा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा र ताप्लेजुङमा पनि डेंगी संक्रमितहरु देखिएका छन् । तर, बढी समस्या भएको क्षेत्र सुनसरीको धरान नै हो । बस्नेतले धरानमा विशेष अभियान चलाइरहेको बताए । ‘धरानमा दुई दिन अगाडि स्वास्थ्य सेवा विभाग इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका प्रमुख, महानिर्देशक सहितको विज्ञको टिम आएर डेंगी नियन्त्रणको विषयमा छलफल ग¥यो । त्यहाँ अवस्थाको पहिचान र अब के गर्ने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ बस्नेतले भने ।
त्यहाँ पानी जमेका भाँडाहरु सफा गर्ने अभियान चलाउने, झुल प्रयोग गर्नेलगायतका सचेतना कार्यक्रम भइरहेको उनले बताए । उनले किटको माग बढी आइरहेको भएपनि पर्याप्त उपलब्ध हुने अवस्था नभएको बताए । ‘परीक्षण गर्नुपर्ने मान्छेहरुको लागि पुगिरहेको छ । तर, सबैलाई परीक्षणको लागि किट नै चाहिन्छ भन्ने पनि होइन । अलि जटिल खालको अवस्थामा मात्रै किटको प्रयोग गर्दा अपुग छैन । सोचेजस्तो र माग गरेजस्तो आएको छैन,’ बस्नेतले भने, ‘तर, अहिले पनि सप्लाई भएको छ र पुगिरहेकै छ । फोकस एरिया धरान हो ।’
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी