
सप्तकोशी न्युज संवाददाता
काठमाडौं । चितवनकी एक महिलाको फोटो सामाजिक सञ्जालमा पोष्ट पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता भएको छ । चितवनकी एक महिलाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर भ्रम फैलाएको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको थियो ।
भरतपुर महानगरपालिका १६ की पूर्णमाया गुरुङले उपाध्यायविरुद्ध उजुरी दिएकी थिइन् । पूर्व सचिव उपाध्यायले पीडितलाई फोन गरेर आज माफी मागेका छन् । चितवनकी भरतपुर(१६ की पूर्णमाया गुरूङ बहिनीलाई फोन गरेर मेरो पोष्टले पारेको मानसिक पीडामा मैले गहिरो दुःख प्रकट गर्दै क्षमा मागिसकेको छु । यो तथ्य जानकारी आउनासाथ मैले त्यो फोटो पोष्ट डिलिट गरिसकेको छु । मेरो मेसेन्जरले विगत ४र५ दिनदेखि काम नगर्दा उनले पठाएको मेसेज मैले पढ्न नपाउदा हामीबीच बेलैमा सम्पर्क हुन नसकेको रहेछ । नभए यो समस्या उतिनै बेला सल्टिसकेको हुने थियो । प्रविधिको समस्याले गर्दै यस्तो हुन पुगेको हो,’ उपाध्ययले सामाजिक सञ्जालमा भनेका छन् ।
उक्त असमझदारी पूर्णमाया गुरूङ र आफूबीचको मात्रै भएको बताउँदै उनले बीचमा तेस्रो पक्ष नआउन पनि भनेका छन्। हिन्दुहरुले देउता मान्ने गरेको गोरु धरानमा काटिँदा पूर्णमाया र आफू दुवै अपमानित भएको उनको भनाइ छ।
हामी दुवै सनातनी हिन्दु र गाईगोरू पुजा गर्ने, गाई गोरूको मासु नखाने मान्यता राख्ने एकै समुदाय हौँ। धरानमा हामीले देउता मान्ने गोरू काटिँदा हामी दुवै निकै अपमानित भएका छौं,’ उनले भनेका छन् ।
कानुनले प्रतिबन्धित गोरू काटेर खाने र तिनको समर्थकहरू दुई जना बीचको असमझदारीमा नआउन पनि उनले भनेका छन् । अनुकूल मिलेमा पूर्णमायालाई भौतिक रुपमा भेटर पुनः क्षमा माग्ने उपाध्यायले बताएका छन् ।
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी