
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएर हैरान भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको समूहले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको छ ।
बिहीबार बालुवाटारमा महानिर्देशक अधिकारीको समूहले प्रधानमन्त्री ओलीसँग भेट गरेको हो । महानिर्देशक अधिकारी र अख्तियारमा बयान दिएका कर्मचारीहरूले आफूहरूलाई अख्तियारको चङ्गुलबाट बचाउन अनुरोध गरेको बुझिएको छ । अख्तियारले पोखरा विमानस्थलको घोटालाको फाइल अन्तिम चरणमा पुर्याएको छ ।
विगतमा प्रधानमन्त्री ओलीले महानिर्देशक अधिकारीलाई भेट्न मानेका थिएनन् । अधिकारीले विभिन्न बहाना र तिकडम लगाएर प्रधानमन्त्रीसँग भेट गरेका छन् । महानिर्देशक अधिकारीले आफ्नो विभागीयमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई उछिनेर प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् ।
उनीहरूले प्रधानमन्त्री ओलीसँगको भेटमा पोखरा विमानस्थल निर्माणमा भएको घोटालामा अख्तियारबाट बचाउन अनुरोध गरेको बुझिएको छ । अधिकारीले ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरेर अहिले भइरहेको काममा प्रगति सुनाएको बुझिएको छ । पोखरा र भैरहवा विमानस्थल निर्माणमा गरिएको भ्रष्टाचार र कुरुप विमानस्थल नचलेपछि प्रधानमन्त्री ओलीबाटै विमानस्थल सञ्चालनका लागि पहल गरिनुपर्ने अनुरोध यो समूहले गरेको बुझिएको छ ।
ओलीलाई भेट्न प्राधिकरणका महानिर्देशक अधिकारी, ई.दीपेन्द्र श्रेष्ठ, नवीन अधिकारी, चाँदमाला श्रेष्ठ, जगन्नाथ निरौला, बाबुराम पौडेल गएका थिए ।अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सबै फाइल कब्जा गरेर अनुसन्धान गरिरहेको छ । महानिर्देशकसहितयो यो समूहले अख्तियारमा बयान दिएको आजित बनेको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचारमा अभियोगपत्र दर्ता गर्यो भने यो समूह सबै निलम्बनमा पर्नेछ ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी