संसद गतिरोध अन्त्यकाे पहल : आज सर्बदलीय बैठक

29 October, 2025
328

सुनसरी । संसद गतिरोध अन्त्य गर्नका लागि आज सर्बदलीय बैठक बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि बैठक बोलाइएको हो। बैठक दिउँसो ४ बजे बस्नेछ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरोध गरिरहेको छ।

तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पूरा गर्न नसकिने जनाउँदै आएको छ। सरकार र प्रतिपक्षी दुबै दल आ-आफना अडानमा कायमै राखे पछि साउन १२ गते देखी संसद चल्न सकेको छैन।

यसबीचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन।

टिप्पणी