
इटहरी । नामै त बिना विभागीय । कुनै विभागको जिम्मेवारी नपाएपछि कामको चाप पनि हुने कुरै भएन । वैशाख १४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए सन्तोष पाण्डेय, धनबहादुर मास्की र धर्मबहादुर चौधरी ।
उनीहरूले अझैसम्म मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । त्यसैले, मन्त्रीपरिषद्को पहिलो बैठकमा सहभागितापछि आआफ्नो क्षेत्रमा स्वागत तथा सम्मान थाप्दै स्थानीय विभिन्न कार्यक्रममा मन्त्रीको रूपमा भाषण गर्दै हिँडेका छन् । सन्तोष पाण्डेयलाई यसअघि पनि मन्त्री भएको अनुभव छ । सोही आधारमा अहिले सरकारले ल्याउने नीति तथा कार्यक्रममा कस्ता विषय राख्ने, स्थानीय विकाससँग कसरी जोड्ने आदि विषयमा सल्लाह सुझावमा केन्द्रित रहेर आफूले अध्ययन गरिरहेको रातोपाटीलाई बताए ।
पाण्डेयले आफूले विगतमा सम्हालेको भौतिक पूर्वाधार मन्त्रालयको अनुभवको आधारमा अव बन्ने नीति तथा कार्यक्रममा स्थानीय उत्पादनलाई बजारीकरण तथा उत्पादनलाई प्रवर्द्धन गर्ने विषयमा आफ्नो क्षेत्रमा जनतासँग सुझाव सङ्कलनमा रहेको बताए । पाण्डे दैनिकजसो आफ्नो क्षेत्र रुपन्देहीमा भएका विभिन्न कार्यक्रममा अतिथि बन्ने गरेका छन् ।
अर्का विना विभागीय मन्त्री धनबहादुर मास्की र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको एउटै गृह जिल्ला दाङ हो । जिल्लाको क्षेत्र नम्बर ३ को १ चौधरी र २ मास्कीको हो । मास्कीको मन्त्री भएको पहिलो अनुभव हो । मन्त्रालयको जिम्मेवारी नपाएपछि मुख्यमन्त्री कार्यालयमा उनी दैनिकजसो जाने गरेका छन् ।उनको मुख्यमन्त्रीसँगै दाङ जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै सम्मान तथा बधाई लिने क्रम जारी रहेको छ । मन्त्री भएको दोस्रो दिनमै आफ्नो क्षेत्रको विकट गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए । यस्तै नीति तथा कार्यक्रम र बजेटको विषयमा पनि विना विभागीय मन्त्री भए पनि आवश्यकताअनुसार चासो राख्ने र विज्ञहरूसँग छलफल गर्ने काम भएको मास्कीले बताए । मास्की आज सोमबार पनि दाङको टरिगाउँ विमानस्थलको विस्तार आयोजना, दाङको दंगीशरणमा विकास प्रक्रिया, रानी वनमा बन्न थालेको पार्क उद्घाटन लगायतका कार्यक्रम मुख्यमन्त्रीसँग सहभागी भई बधाई तथा सम्मान थाप्ने कार्यक्रम रहेको छ । यस्तै अर्को नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेको धर्मबहादुर चौधरी बर्दियाको आफ्नो क्षेत्रमा सम्मान तथा बधाई थाप्नमा व्यस्त छन्। उनले मन्त्रालय टुङ्गो नलागे पनि आफू आफ्नो क्षेत्रका विभिन्न कार्यक्रम स्थानीय तथा पार्टीले गरेका स्वागत तथा बधाई कार्यक्रमसँगै अन्य विकास निर्माणको काममा पनि ध्यान दिएको बताए । लुम्बिनी प्रदेशमा वैशाख १४ गते विना विभागीय मन्त्रीहरू नियुक्त भएसँगै १९ गते सरकारले विश्वासको मत प्राप्त गरेको थियो । प्रदेशमा नेपाली काँग्रेस र माओवादीसहित सत्तारुढ गठबन्धनमा ८ दल आबद्ध छन् । गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको सङ्ख्या थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने बाध्यतामा प्रदेश नेताहरू रहेका छन्।
आफूहरूले एक दुई दिनमै मन्त्रालयको जिम्मेवारी पाउने जसपाबाट मन्त्री बनेका सन्तोष पाण्डेयले बताए । उनले भने, ‘अब छिट्टै हुन्छ होला भन्ने विश्वासमा छौ ।’
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी