सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता

01 July, 2025
175

सप्त्कोशी न्युज डेक्स

टोकियो । जापानमा हराउँने व्यक्तिहरूको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको संख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको देखिन्छ ।

बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन् । यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ । यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ मा तुलनात्मक तथ्यांक सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको सङ्ख्या क्रमशः बढ्दो क्रममा छ । यो संख्या एक दशकमा झण्डै दोब्बर भएको छ । तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको थियो ।

स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शंका लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन् ।

TAGS

टिप्पणी