
काठमाडौं। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोही विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ।
एमाले मुख्यालय च्यासलमा दिउँसो विशेष पत्रकार सम्मेलन गर्दै क्विन्टल सुन तस्करी प्रकरण र संसद अवरोधका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध र क्विन्टल सुन तस्करीका विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नेछ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलमा बरामद गरेको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आइरहेको छ। लगातार संसद अवरुद्ध भएपछि एमालेमाथि संसद खुलाउन दबाव परेको छ।
एमालेले संसद अवरोध गरेको १३ दिनपछि गत मंगलबार मंगलबार १३ दिनपछि सदनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने सहमति पछि खुलेको सदन एमालेले फेरि अवरुद्ध गरेको छ।
सरकारले सुन तस्करी प्रकरणको छानविन गर्ने जिम्मा सिआईबीलाई दिएको छ। सत्तापक्षका सांसदहरुले हालकै निकायले गरिरहेको छानबिन प्रक्रियाबाटै निष्कर्षमा पुर्याउनुपर्ने तर्क गरिरहेका छन्।
तथापि प्रतिपक्षी एमाले भने संसदीय छानबिन समित गठन गरेर सुन काण्डको छानबिन गर्नुपर्ने अडानबाट पछि हटेको छैन। सोही विषयमा आज एमालेले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी