
सप्तकोशी न्युज संवाददाता
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बुधबार दोस्रो दिनको सुनुवाई भइरहेको छ ।
न्यायाधीशहरु ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा रिटको आज सुनुवाई सकिएर आदेश आउने संभावना रहेको छ । रिट निवेदक नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीतर्फको बहस मङ्गलवार नै सकिएको छ । मंगलबारबाट सुरु भएको प्रतिवादीका तर्फको बहस आज पनि जारी रहेकोले बहस सकिएर आदेश आउने देखिएको हो ।
बुधवार खाजा समय अघिसम्म बहस सक्ने तयारी गरिएको अदालत स्रोतले जनाएको छ । बुधवार बिहान ११ः३० देखि १ः०० बजेसम्म प्रत्यर्थीतर्फका थप कानुन व्यवसायीले बहस गर्ने र त्यसपछिको खाजा समय सकेर २ः३० बजेदेखि ३ बजेसम्म रिट निवेदक कार्कीतर्फका कानुन व्यवसायीले जवाफ दिनेगरी पूर्ण इजलासले समय निर्धारण गरेको छ ।
मङ्गलवार रिट निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई, डा।भीमार्जुन आचार्य, बद्रीबहादुर कार्की, डा।सुरेन्द्र भण्डारी, माधव बास्कोटा, कृष्णभक्त पोखरेललगायतले बहस गरेका थिए । विपक्षीहरू कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता सञ्जीव रेग्मीलगायतले बहस गरेका थिए ।
रिटमा थापाको नियुक्ति बदर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न कार्कीले परमादेशको माग गरेका छन् । असार २२ गते दायर रिटमा मंगलबारबाट पूर्ण इजलासबाट सुनुवाइ भइरहेको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
गत असार २१ मा कोशी प्रदेशका प्रमुख खापुङले प्रदेश सभाका सभामुख गौतमको समेत हस्ताक्षरमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसविरुद्ध निवर्तमान मुख्यमन्त्री रहेका कार्की अदालत गएका हुन् ।
रिटमा असार २७ मा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्दाको प्रस्ताव, समर्थन, दाबी र हस्ताक्षर लगायत खुल्ने सक्कल कागजात साउन ३ गतेभित्र सर्वोच्चमा पेस गर्न प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको थियो । आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न मल्लको इजलासले आदेश दिएको थियो ।
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी