गायक अरिजितको कन्सर्टको नक्कली प्रचार गर्नेविरुद्ध उजुरी दर्ता

01 July, 2025
224

सप्तकोशी न्युज संमवाद्दाता

एजेन्सी । भारतीय चर्चित गायक अरिजितले आफ्ना गीतहरूबाट आफ्ना प्रसंशकलाई मोहित पार्छन् । अरिजित सिंहको चण्डीगढ कन्सर्टको नक्कली प्रचार गर्नेविरुद्ध उजुरी दर्ता भएका छ ।दसामाजिक सञ्जालदेखि रियल लाइफसम्म उनलाई र उनको गीतलाई मानिसहरुले निकै मन पराउँछ । गायन क्षेत्रमा उनको ठूलो फ्यान फलोइङ छ । यसैबीच अरिजितले चण्डीगढमा गर्ने भनिएको कन्सर्ट स्थगित भएका हो ।

भारतीय सञ्चार माध्यमका अनुसार अरिजितले मे २७ को कन्सर्ट स्थगित गरेपछि कार्यक्रम व्यवस्थापनले छिट्टै नयाँ मिति घोषणा गर्ने जनाएका छ । खराब मौसमका कारण यो कन्सर्टको मिति सारिएको बताएका छ । यसका साथै कार्यक्रमलाई लिएर केही नक्कली प्रचारहरू पनि भइरहेको कारण उजुरी दर्ता गरिएका छ । ‘ग्रीन हाउस इन्डिया’ नामक इन्स्टाग्राम अकाउन्टले नक्कली पोस्टरमार्फत आफूलाई कन्सर्टको निर्माता दावी गर्दै आफ्नो रेस्टुरेन्टको प्रर्वद्धनका लागि निस्शुल्क टिकट दिने गरेको समाचारमा उल्लेख गरिएका छ ।

उक्त उजुरीलाई लिएर प्रहरीले साइबर क्राइम प्रहरी चौकीमा सेक्टर १७ मा मुद्दा दर्ता गरेका छ । यस मामिलामा भारतीय दण्ड संहिताको धारा ४१९, ४२० धोखा र १२० बी आपराधिक षड्यन्त्र अन्तर्गत मुद्दा दर्ता गरिएका छ।

TAGS

टिप्पणी