नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालयको बैठक सुरु

01 July, 2025
325

सप्तकोशी न्युज डेक्स

सुनसरी । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज सुरु भएको छ। बैठक बिहान ८ बजे पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक हुदै ।बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। बैठकमा पार्टीको महाधिवेशन लगायतका  विषयमा छलफल हुने बताइएको छ।स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए।

टिप्पणी