आदिपुरुष फिल्मले विवादका बीच दोस्रो दिन पनि १०० करोड कमायो

01 July, 2025
245

सप्तकोशी न्युज डेक्स

काठमाडौं । चलचित्र आदिपुरुषलाई लिएर चलिरहेको विवादका बीच चलचित्र निर्माणकर्ताले दोस्रो दिनको कलेक्शनको जानकारी दिएका छन् । उनीहरुले दोस्रो दिन आदिपुरुषले सय करोड जम्मा गरेका बताए ।

फिल्मले रिलिजको पहिलो दिन १४० करोड कमाएका थिए । दुई दिनमै फिल्मले २४० करोड कमाएका छ । फिल्मको कलेक्शनको यो आँकडा विश्वभरबाट कमाइको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माण कम्पनी टी(सिरीजले भनेको छ कि आदिपुरुष हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेका छ ।

यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका थिए ।

यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।

यो फिल्म बनाउन ५ सय करोड रुपैयाँ खर्च भएको बताएका छ ।

TAGS

टिप्पणी