
काठमाडौँ । ताहचल स्थित होटल सोल्टी बिहीबार साँझ फेसनमय देखियो । नमुना कलेजको ग्राजुएसन फेसन शोले होटल मात्र होइन वरपरको वातावरण समेत फेसनमय भएको थियो । कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत जर्नी अफ फेसनको १७ औँ संस्करणको यात्रामा केही विशेष प्रस्तुतिले फरक स्वाद पस्केको देख्न पाइयो ।४८ फिट लामो रनवेको मध्य भागमा गोलाकार घेरामा जब क्रिएटिभ पहिरन पहिरिएका मोडलहरू एउटा निश्चित पोजमा उभिएका थिए, सबैको नजर उनीहरूमा अडिएको थियो । उनीहरूको पहिरन प्रस्तुतिको बेग्लाबेग्लै दृश्यले सबैलाई आकर्षित गदथ्र्याे ।
४८ फिट लामो रनवेको मध्य भागमा गोलाकार घेरामा जब क्रिएटिभ पहिरन पहिरिएका मोडलहरू एउटा निश्चित पोजमा उभिएका थिए, सबैको नजर उनीहरूमा अडिएको थियो । उनीहरूको पहिरन प्रस्तुतिको बेग्लाबेग्लै दृश्यले सबैलाई आकर्षित गदथ्र्याे ।
करिब तीन घण्टा चलेको फेसन शोमा कृस्टलाइनमा आधारित द स्पार्कलिङ् सोयर, फेम फाटलमा आधारित डार्कनेस रिभ्याम्प, अरोराको अवधारणमा मिस्टिक इपिफानी, गिल्डेड ग्ल्यामरको प्रस्तुतिमा राजमटाज, किनसुकी आर्टमा आधारित आर्टष्ट्रि अफ एड्भर्सिटीका पहिरन अनेकौँ स्वरूपमा प्रस्तुत भएका थिए ।
साँझको समय जति छिप्पिँदै जान्थ्यो । र्याम्पमाथि बिस्तारै मोडलहरूको चहलपहल बाक्लिँदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशालीमै उनीहरुले उपस्थितिलाई मोहित तुल्याउँदै लगे । नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरू रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त कार्यक्रममा ९ वटा विभिन्न अवधारणाबाट प्रेरित ८३ वटा आकर्षक पहिरन प्रदर्शन भए । हरेक प्रस्तुति अन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपीसका रूपमा क्रिएटिभ डिजाइनलाई र्याम्पमा देख्न पाइएको थियो ।
कार्यक्रममा नमुना कलेजद्वारा प्रकाशित दोस्रो संस्करणको फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो । सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरू पदार्पण भएको नमुना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परीक्षाको रूपमा कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत उक्त फेसन शो आयोजना भएको थियो ।
शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुबी राणा, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुल बहादुर बस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेको थिए ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी