
सप्तकोशी न्युज संवाददाता
विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले दोषीहरु सबैलाई कार्वाही एमालेले संसद बन्धक बनाएर गलत अभ्यासको थालनी गरेको बताएकी छिन् ।
मोरङको उर्लाबारीमा आज नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताइन् । भ्रष्टाचार र सुन तस्करी प्रकरणमा दोषी देखिएका सबैलाई कार्वाही हुनु पर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताउँदै उनले सहमति र सहकार्य गरेर अघि बढ्नु पर्ने अवस्थामा संसद अबरुद्ध गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गरिन् । संसद अबरुद्ध गरेर कुनै निकास नहुने बताउँदै उनले संवादबाट समस्या सुल्झाउन एमालेलाई आग्रहसमेत गरिन् ।
सुन तस्करी होस् वा कुनै पनि भ्रष्टाचारको विषयमा दोषी देखिएकालाई तथ्यका आधारमा कार्वाही गर्नु पर्छ भन्ने कुरामा कांग्रेस अडिग रहेको उनले बताइन् । कसैले प्रतिशोध साध्ने हिसाबले काम गर्नु हुँदैन भन्ने कुरामा कांग्रेस सचेत रहेको र तथ्य, प्रमाणका आधारमा छानविन र कार्वाही हुनुपर्नेमा उनले जोड दिइन् ।
उनले आन्तरिक विशेष अभियानको क्रममा मोरङ कार्यकर्ताहरुले आगामी निर्वाचनमा एक्लै लड्नु पर्ने सुझाव राखेको जानकारी दिइन । अभियानको क्रममा पार्टीभित्र समन्वय नभएको, पार्टीभित्र आन्तरिक किचलोलगायतका विषयमा नेता तथा कार्यकर्ताहरुले आफ्नो धारणा राखेको उनले बताइन् । अभियानले पार्टीका अन्तरिक कमीकमजोरी पत्ता लगाएर त्यसको सुधार गर्ने र पार्टीलाई गतिशील बनाउने उनको भनाइ छ । समय र परिस्थिति अनुसार पार्टी अघि बढ्नु पर्ने उनले बताइन् । नयाँ पार्टीहरुमा प्रवेश गरेका कार्यकर्ताहरु फर्किने क्रम पछिल्लो समयमा बढेको पनि उनले बताइन् । ‘सामाजिक सञ्जालमा आउने धारणालाई नै आम धारणाको रुपमा लिने काम भइरहेको छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण कुराहरु चिर्न जरुरी रहेको छ, मर्मादित, सत्य र तथ्य कुरामात्रै समाज ल्याउनु पर्छ ।’
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी