हेलिकप्टर दुर्घटनामा परी निधन हुनेहरुको शव हेलिकप्टरबाट काठमाडौं ल्याइयो, दुर्घटनामा क्याप्टेनसहित ६ जनाको निधन

01 July, 2025
192

फाष्ट मिडिया नेपाल संंवाददाता

काठमाडौं। सोलुखुम्बुमा भएको मनाङ् एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ। दुई वटा हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो।

मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना म्याक्सिन नागरिकको निधन भएको थियो।

सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौंका लागि उडेको कलसाइन एनए–एमभी कलसाइनु भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो।

हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ भकाञ्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले ६ जनाको शव भेटिएको जानकारी दिए। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। बाँकी ५ जना मेक्सिन  नागरिक रहेको जनाइएको छ । 

प्रजिअ भट्टराईका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगेको छ। २ जना प्रहरी घटनास्थलमा पुगिसकेका र थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको भट्टराईले जानकारी दिए। 


टिप्पणी