
नयाँदिल्ली । अबैध रुपमा अमेरिका छिर्न खोज्ने भारतीयहरुको संख्या अत्याधिक रुपमा बृद्धी भएको छ । विगत वर्षको तुलनामा सन २०२२–२३ मा अवैध रूपमा अमेरिका र मेक्सिकोमा प्रवेश गर्ने भारतीयहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको तथ्यांक सार्बजनिक भएको हो ।अमेरिकाको भन्सार र सीमा सुरक्षाको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर २०२२ देखी सेप्टेम्बर २०२३ को बीचमा ९६ हजार ९९७ भारतीयहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका छन्।
अमेरिकाको सिमा सुरक्षा प्रतिवेदनका अनुसार तीमध्ये ३० हजार १० भारतीय क्यानडामा र ४ हजार ७७० भारतीय मेक्सिकोको सिमानामा पक्राउ परेका थिए भने बाँकी अन्य ठाउँबाट पक्राउ परेका छन् । अमेरिकी एजेन्सीहरूले यो तथ्याङ्क यस्तो समयमा सार्वजनिक गरेका हुन्, जब गुजरात प्रहरीले गैरकानूनी माध्यमबाट अमेरिका प्रवेश गर्नेहरूमाथि अनुसन्धान गरिरहेको छ । यसबाहेक अमेरिका जाने क्रममा बेपत्ता भएका ९ भारतीयको मुद्दा पनि उच्च अदालतमा विचाराधीन रहेको छ ।पछिल्लो समय विदेशमा बस्ने क्रेज लगातार बढ्दै गएको छ । धेरै भारतीयहरू राम्रो जीवनको खोजीमा त्यहाँ बस्न चाहन्छन्।
तर, यसका लागि कतिपय वैधानिक साधनको सहारा लिन्छन् भने कतिपयले अवैध रूपमा त्यहाँ बसोबास गर्ने प्रयास गर्ने गरेको अमेरिकास्थित करन सिंहले बताए । टाइम्स अफ इन्डियाका समाचार अनुसार २०१९–२० मा अवैध रूपमा अमेरिकी सीमामा प्रवेश गर्ने भारतीयहरूको संख्या १९,८८३ थियो, अहिले जुन पाँच गुणा बढेर २०२१ मा ३०,६६२, २०२२–२०२३ मा ९६,९१७ पुगेको छ। यस्तो अवस्थामा प्रहरीले समाउन नसकेका तथा अमेरिका प्रवेश गर्न सफल भएका भारतीयलाई पनि समावेश गर्ने हो भने उनीहरुको कुल संख्या अझ बढी हुन सक्छ ।
अहिलेसम्म धेरैजसो भारतीयहरू मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने गरेका थिए तर यूसीबीपीले सार्वजनिक गरेको तथ्यांकले उनीहरूले अमेरिका प्रवेशका लागि अन्य बाटो पनि अपनाएको देखाएको छ ।
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी