सांसद निशा डांगीद्वारा डिजिटल भुक्तानी निःशुल्क गर्न अर्थमन्त्रीलाई पत्र

16 December, 2025
366

काठमाण्डौ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डांगीले डिजिटल भुक्तानी (Digital Transaction) लाई निःशुल्क बनाउन अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएकी छन्।

सरकारले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने योजना बनाएको दाबी गरे पनि डिजिटल भुक्तानीमा लगाइने करले सर्वसाधारणमाथि आर्थिक भार थपिएको भन्दै सांसद डांगीले गुनासो पोखेकी छन्।

उनले सरकारलाई डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न निःशुल्क नीति र संरचना निर्माण गर्न आग्रह गर्दै डिजिटल प्रणालीलाई थप सहज र प्रभावकारी बनाउन आवश्यक कदम चाल्न ध्यानाकर्षण गराएकी हुन्।

डांगीले डिजिटल भुक्तानीलाई आर्थिक भारबाट मुक्त गरी आम नागरिकलाई यस प्रणालीतर्फ आकर्षित गर्न यस कदमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

TAGS

टिप्पणी