
सप्तकोशी न्युज संवाददाता
म्याग्दी । म्याग्दीमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको चार वर्षसम्म काम सुरु भएको छैन् । म्याग्दी मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम सुरुआत भएको छैन् ।
मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडक अन्तरर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो ।
मालिकाको ५ र धवलागिरिको ७ नम्बर वडाको सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच रु एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठ ८ गते सम्झौताको म्याद सकिएको थियो ।
दोस्रो पटक थपिएको सम्झौताको म्याद आगामी मङ्सिरसम्म छ । पुल निर्माण सुरुनै नभएको धवलागिरि –७ का वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । “धवलागिरिको केन्द्रसहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ,” उनले भने, “पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण सुरु हुन नसक्दा निराश भएका छौँ ।”फेदीमा धवलागिरि गाउँपालिकाले विस २०७५ मा अस्थायी मोटेरबल पुल बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । हरेकजसो बर्खामा बाढीले अस्थायी पुलपुर्ने र पन्छ्याएर यातायात सञ्चालन गर्ने गरिएको छ ।
फेदीको दाङखोलामा मोटरेबल पुल नहुँदा धवलागिरिको गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको फेदीका बासिन्दा रिमप्रकाश थापाले बताए । “पुल बनाउने हो भने बनाइहाल्नु प¥यो, नभएर नयाँ प्रक्रियाबाट निर्माण गर्नुप¥यो,” उनले भने “ठेक्का कायमै रहने, पुल नबन्ने, जनताले दुःख पाउने भयो ।”२५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्रमा पुल निर्माणस्थल पर्ने भएपछि सम्झौतालगत्तै काम गर्न गएका निर्माण व्यवसायी फर्किएका थिए ।
जलविद्युत् आयोजनाको बाँध स्थानानान्तरण भएपछि पुल निर्माण सुरु गर्ने तयारी गरेको अवस्थामा विसं २०७७ असारमा आएको बाढीले निर्माणस्थललाई क्षतविक्षत् बनाएपछि पुन सर्वक्षण गरिएको थियो ।
पूर्वाधार विकास कार्यालयका अनुसार विप्दको जोखिमका कारण पुलको दुरी बढेर २५ मिटरको हुने भएपछि डिजाइन परिवर्तन र भेरिएसन अर्डर स्वीकृतिका लागि गत चैतमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास निर्देशनालयमा पेस गरेको थियो ।
कार्यालयका अनुुसार काम नभएपछि ठेकेदारलाई पेस्की दिएको रु ३३ लाख धरौटीबाट तानिएको छ । पुरानो दररेट अनुसार काम गर्न नसक्ने भनेर व्यवसायीले काम गर्न मानेका छैनन् । इन्द्रेणी–फेवा जेभिका प्रतिनिधि राजेन्द्र पहारीले पाँच वर्षअघिको दररेटमा १८ मिटरको सम्झौता गरेर २५ मिटरको पुल बनाउन नसकिने बताए । “ठेक्कालगत्तै निर्माणस्थलमा लगेको रड, सिमेन्ट, मिक्सर हराउँदा र दुई महिनासम्म मजदुरले काम गर्न नपाउँदा रु २५ लाख नोक्सानी भएको छ,” उनले भने “पाँच वर्षको अन्तरमा भएको मूल्यवृद्धिले त्यसबेलाको दररेटले पुलको लम्बाइ बढेको भिओ स्वीकृत भए पनि धेरै अन्तर हुन्छ । यो न्यायोचित हुदैन् ।”
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले ठेकेदारले काम नगरे सम्झौता अन्त्य गरेर नयाँ प्रक्रियाबाट निर्माणको काम अघि बढाउन पूूर्वाधार विकास निर्देशनालय र कार्यालयलाई निर्देशन दिएको बताए। “हामी अधुुरा र अलपत्र आयोजनाको संङ्ख्या शून्य बनाउनुुपर्छ भनेर लागेका छौँ,” उनले भने “दाङखोलाको पुुल जस्ता आयोजनामा सहजीकरण गरेर ठेकेदारलाई काममा फर्काउन र काम नगरे ठेक्का तोडेर अघि बढ्न निर्देशन दिएका छौँ ।”
गत वैशाखमा प्रदेशभर अधुुरा र अलपत्र आयोजनाको सङ्ख्या ४६ वटा रहेकोमा यसबीचमा २७ आयोजनाका निर्माण कम्पनी काममा फर्किसकेका उनले बताए ।
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी