नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउँदै विश्व संगीत दिवस

01 July, 2025
215

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । आज विश्व संगीत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि विश्व संगीत दिवस मनाउँदै छ ।  

सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस पहिलोपटक मनाएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व संगीत दिवस मनाउने गरेको छ ।

अहिले विश्वका एक सय बढी देशमा संगीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको छ ।

बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको नेपालमा मादल, सारंगी देखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि बिनायो सम्म मौलिकता थप्ने बाजाहरू छन् ।

संगीत दिवसको अवसरमा नेपाल सांगितिक संघले काठमाडौंमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।

TAGS

टिप्पणी