
सप्तकोशी न्युज संवाददाता
पोखरा । तीज नजिकिँदै छ, यसपालिको तीजमा बुहारीहरु आफ्नै हातबाट विभिन्न थरीका पोते बनाइएर तीज मनाउने तयारीमा छन् । सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा महिला लक्षित गरगहना तथा कपडाका विज्ञापन सुरु भइसकेका छन्। तीज गीतका भिडियो पनि युट्युबमा अपलोड हुने क्रम जारी छ । यसैबीच पोखराका बुहारीहरु भने आफ्नै हातबाट बनाइएका पोतेका विभिन्न थरीका गरगहना लगाएर तीज मनाउने तयारीमा छन् ।
बुहारी सशक्तिकरण समाज नामक संस्थामार्फत गोलबद्ध भएका बुहारीहरुले तीजमा आयातित चुरापोतेमा हुने अत्यधिक खर्च कम गर्दै आफ्नै सीपबाट निर्मित चुरापोते औँठीलगायत गरगहनामा सजिएर यो वर्षको तीज मनाउने योजना बनाएका हुन् ।
घारिपाटनकी पुष्पा शर्माले यस वर्षको तीजमा सुनका गरगहना नभई पोतेबाट बनाइएका गरगहनामा सजिएर नाच्ने र गाउने योजना बनाएको सुनाइन् ।
“पोतेबाट बनाइएका सेट गहना मलाई निकै मन पर्छ, बल्ल तालिम लिने अवसर मिल्यो यसपालिको तीजमा आफ्नै हातले बनाएका पोतेका नमुनामा सजिने योजना बनाएकी छु”, उनले एक दिनको गहना बनाउने तालिमले पोतेका विभिन्न थरीका गहना बनाउन सिकेको बताइन् ।
“मलाई त निकै आत्मविश्वास बढेको छ, सस्तोमा कच्चापदार्थ किनेर फुर्सदको समयमा पोतेका विभिन्न गहना तयार गर्न सकिने, आफूलाई पनि हुने र साथीभाइ उपहार दिन वा बेच्न पनि सकिन्छ,” शर्माले भनिन् ।
अर्का सहभागी कालिका चापागाइँले पनि यस वर्षको तीजमा रातो साडीमा आफ्नै हातले तयार गरेका पोतेका माला, औँठी, टप र चुराको सेट लगाएर साथीसँगीसँग रमाइलो गर्ने बताइन् ।
उनले भनिन्, “तीज महिलाको विशेष पर्व हो, यसलाई भड्किलोरहित बनाउन पोतेका गहना सेट बनाएर लगाउँदा झनै राम्रो देखिन्छ, हराउँछ कि भन्ने त्रास पनि नहुने र खुलेर रमाइलो गर्न पनि पाइन्छ ।
उनले गहना प्रदर्शनको अस्वस्थ प्रतिस्पर्धामा उत्रिनुभन्दा पोतेका विभिन्न गहनाका सेट बनाएर लगाउँदा धेरै राम्रो हुने उल्लेख गरिन्।”
तालिममा सहभागी सदस्य सुनिता खत्रीले एक दिनको तालिमले आफूमा सिर्जनात्मक सीप विकास भएको बताइन् ।
“तालिम एक दिनमात्र भयो तर धेरै ज्ञान लिन सक्यौँ, अब सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर हुन सकिने रहेछ भन्ने आत्मविश्वास जागेको छ,” उनले भनिन्, “यो तीजमा पोतेका सामग्री तयार गरेर आफू पनि लगाउँछु र साथीभाइलाई बेच्ने योजना पनि बनाएकी छु ।”
सदस्य खत्रीले यो सीपलाई आत्मनिर्भर हुने माध्यम बनाइउने जानकारी दिइन् ।
संस्थाकी महासचिव सृष्टि भट्टराईले तीजको समयमा दिदीबहीनीहरुले बढी शृङ्गार मन पराउने र चुरापोतेलगायत गहनाका सेट सामग्रीमा धेरै खर्च हुने भएकाले एक दिन भए पनि गहना बनाउने तालिम प्रदान गरिएको जानकारी दिइन् ।
उनले भनिन्, “तीज नजिकिँदै छ, हाम्रो धेरै पैसा यस्तै गहनाहरुमा जान्छ तसर्थ हाम्रै समूहका एकजना सदस्य साथीसँग भएको सीपलाई सदुपयोग गरेर अरू सदस्यका लागि तालिम प्रदान गरेका हौँ ।”
महासचिव भटृराईले महानगरका विभिन्न वडामा यस्ता तालिम निःशुल्क सञ्चालित भए पनि सबैले त्यो अवसर पाउन नसकेका कारण आफ्नै खर्चमा तालिम आयोजना गरिएको जानकारी दिइन् ।
“हामीले आफैँ पैसा उठाएर यो तालिम सञ्चालन गरेका हौँ, वडामा जाने प्रक्रिया झन्झटिलो र समय लाग्ने भएकाले आफ्ना लागि आफैँ खर्च गरेर भए पनि सीप सिक्नुपर्छ भन्ने सोचले सुरुआत गर्यौं, अन्य तालिमलाई पनि निरन्तरता दिन्छौँ ।”,उनले भनिन्।
उनले एक सदस्यबाट कच्चापदार्थ किन्न रु एक हजार संकलन गरिएको जानकारी दिइन् । आधारभूत सीपपश्चात् एडभान्स तहको सीपका लागि युट्युब हेरेर पनि जान्न सकिने उनको भनाइ थियो ।
तालिमका प्रशिक्षक एवम् संस्थाका सदस्य गीता जमकट्टेल पौडेलले आफूले केही वर्षअघि सिकेको सीपलाई आज बुहारी ग्रुपका साथीहरुलाई सिकाउन पाउँदा निकै खुसी लागेको बताइन् । उनले हातमा सीप हुँदा आफ्ना लागि पनि हुने र आगामी दिनमा गहना तयार गरेर आत्मनिर्भर हुन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। प्रशिक्षक पौडेलले मेहनतमा जोड दिन सके निकै आकर्षक र बजारको मागअनुसारको डिजाइनमा गहना तयार गर्न सकिने बताइन् । “एकदुईसयको कच्चापदार्थले पनि रु एक हजार वा रु पाँच सयसम्मको सामग्री तयार गर्न सकिन्छ । जति नयाँ डिजाइनका लागि मेहनत गर्न सक्यो उति नै बढी मूल्यका गहना तयार हुनाका साथै यो सीपलाई व्यावसायिकीकरण गर्न सके धेरै दिदीबहिनीले रोजगार पाउने र चुरापोतेका लागि विदेशिन धेरै रकम रोक्न सकिन्छ” उनले भनिन् ।
उक्त संस्थाका अध्यक्ष निर्मला केसी (निरु) ले बुहारी सशक्तिकरण समाज स्थापनाको छोटो समयमै धेरै कार्यक्रम गर्न सफल भएको बताइन् ।
“अहिले तीजलाई लक्ष्य गरेर पहिलो चरणमा आफ्नै खर्चबाट एक दिनको गहना बनाउने तालिम गर्यौं र आवश्यता हेरेर थप सीपमुलुक तालिम प्रदान गर्दै जानेछौँ”, उनले भनिन्, “बुहारीहरुले भोग्नु परेका समस्या समाधानका लागि सहजीकरण गर्ने साथै आत्मनिर्भर बनाउन आवश्यकता अनुसारको तालिमहरु प्रदान गर्दै सामाजिक क्षेत्रमा स्थापित गर्ने उद्देश्यले यो समाज स्थापना भएको हो । हिंसा विरुद्धको अभियानसँगै जोसँग जे सीप, ज्ञान वा क्षमता छ त्यो अरूलाई पनि शेयर गरेर एकअर्का बीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्य पनि संस्थाको रहेको छ ।”
अध्यक्ष केसीका अनुसार समूहमा अहिले करिब एक सय सदस्य छन् । सदस्यको चाहनाअनुसार पहिलो चरणमा २५ जनालाई गहना बनाउने तालिम प्रदान गरिएको हो । यसपछि अन्य सदस्यहरुका लागि सेल्फ मेकअप क्लास, नेतृत्व विकास र आवश्यकता अनुसारको सीपमूलक तालिम दिँदै जाने तयारी छ ।
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी